back
NMB ad

सकियो सुनचाँदी व्यवसायीको प्रदेश स्तरीय बैठक, राष्ट्र बैंकले सहज रुपमा सुन उपलब्ध नगराएको गुनासो

Kumari bank ad

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रदेश स्तरीय बैठक सम्पन्न भएको छ । महासंघको आयोजनामा सातै प्रदेशमा असार २३ गते देखि आयोजना गरिएको सप्ताहब्यापी भर्चुवल ३० गते सकिएको हो ।

सुनचाँदी व्यवसाय र यस क्षेत्रका विभिन्न विषयवस्तु माथि केन्द्रित रहेर बैठकको आयोजना गरिएको हो । बैठकमा व्यवसायमा देखिएका मसस्या र तीनको निराकरणका लागि चाल्नु पर्ने कदम लगायतका विषयमा छलफल भएको थियो ।

त्यस क्रममा महासंघका अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीलाई जागरुक वनाउन, उनीहरुलाई परेका बाधा ब्यवधान हटाउन र ब्यवसायीक सचेतना वृद्धि गर्न सवै प्रदेशलाई समेटेर दैनिक रुपमा बैठकको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार व्यवसाय सञ्चालनमा क्रममा देखिएका समस्याका बारेमा व्यवसायीहरुले जानकारी गराएका थिए । त्यसक्रममा महासंघका तर्फवाट व्यवसायी माथि परेका अप्ठ्यारा कुराहरुको समाधानका लागि महासंघले पहल गर्ने आश्वासन दिइएको छ ।

सोही अवसरमा व्यवसायीहरुले कच्चा पदार्थको पर्याप्त आपूर्ति हुन नसकेको, नेपाल राष्ट्र बैंकले विभिन्न नाकाहरुवाट स्थानिय रुपमा नै सुन उपलब्ध गराउने व्यवस्था गरेको भएपनि बैंकहरुरुले त्यस अनुसार सहजरुपमा स्थानिय स्तरवाट सुन उपलब्ध नगराएको बताएका छन् ।

यस्तै महासंघ प्रदेश संरचनामा गएपनि कतिपय विषयहरुमा प्रष्टता नहुँदा कार्य सम्पादनमा समस्या, कोरोना महामारिका कारण लाामो समयसम्म व्यवसाय सञ्चालन गर्न नसक्दा आर्थिक समस्या सृजना भएको लगायतका विषयमा छलफल भएको थियो ।

सोही अवसरमा महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले महासंघका विभिन्न गतिविधिलाई समेटेर कार्यपत्र प्रश्तुत गर्नुभएको थियो ।

वि.सं.२०७८ असार ३१ बिहीवार १८:२९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...