काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८-७९ लागू भएसँगै कर्मचारीको तलब तथा जेष्ठ नागरिकको बृद्धभत्ता बढेको छ ।
केपी ओली नेतृत्वको सरकारले चालु आवको बजेटमा कर्मचारीको तलब तलब २ हजार रुपैयाँ बढाउने र बृद्धभत्ता एक हजार रुपैयाँ बढाउने भनेको थियो ।
सरकारले बजेटमा नै उल्लेख गरे अुनसार सबै सरकारी कर्मचारी, शिक्षक, सेना, प्रहरीको तलब प्रति महिना २ हजार रुपैयाँले बढेको छ ।
सरकारले बजेटबाट नै बृद्धभत्ता एक हजार रुपैयाँ बढाएर मासिक ४ हजार रुपैयाँ पुर्याएको छ । बढेको तलब तथा भत्ता आजदेखि लागु भएको छ ।
वि.सं.२०७८ साउन १ शुक्रवार १४:५२ मा प्रकाशित