back
NMB ad

राष्ट्र बैंकको अध्ययन भन्छ : माघमा महंगी १० प्रतिशत पुग्छ

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामा औसत मुद्रास्फीति १० प्रतिशत हुने छ । राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तै देखाएको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) ले राष्ट्र बैंकलाई निर्दिष्ट गरेका उद्देश्यमध्ये मूल्य स्थिरता कायम राख्नु एक प्रमुख उद्देश्य रहेको रहेको जनाएको । बैंकले मुद्रास्फीति दरलाई प्राथमिकतामा राखेर मौद्रिक नीतिको कार्यदिशा तय गर्दै आएको जनाएको छ ।

मौद्रिक तथा गैर-मौद्रिक तत्व बाहेक उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षाले पनि मुद्रास्फीतिलाई प्रभाव पारेको राष्ट्र बैंकको भनाई छ । आम उपभोक्ताले गर्ने मुद्रास्फीतिसम्बन्धी अपेक्षालाई भविष्यमा हुनसक्ने वास्तविक मुद्रास्फीतिको एक प्रमुख सूचकको रुपमा लिने राष्ट्र बैंकको भनाई छ ।

विश्वका धेरैजसो केन्द्रीय बैंकले मुद्रास्फीति प्रक्षेपण र मौद्रिक नीतिको कार्यदिशा तय गर्दा उपभोक्ताको भविष्यप्रतिको मूल्य अपेक्षालाई पनि एक आधारको रुपमा लिने गरेका छन् ।

केन्द्रीय बैंकले उपभोक्ता सर्वेक्षण वा मुद्रास्फीतिसँग जोडिएका वित्तीय उपकरणका माध्यमबाट मूल्य अपेक्षासम्बन्धी सूचना प्राप्त गर्ने र यस्तो सूचना प्रकाशन गर्ने गरेका छन् ।

नीति निर्माताका अतिरिक्त घरपरिवार, व्यवसाय लगायत अर्थतन्त्रका अन्य क्षेत्रलाई पनि यस्तो सूचना उपयोगी हुने गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८-७९ देखि उपभोक्ताको मूल्य अपेक्षासम्बन्धी त्रैमासिक प्रतिवेदन प्रकाशन गर्न आवश्यक तयारी पूरा गरेको छ ।

वि.सं.२०७८ साउन ४ सोमवार ११:०७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...