back
NMB ad

नयाँ वस्तु निर्यात र बजारमा जोड दिन प्रधानमन्त्री देउवालाई महासंघको सुझाव

Kumari bank ad

काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले अर्थतन्त्रका हरेक क्षेत्रलाई समेटी प्याकेज घोषणा गर्न सुझाव दिएको छ ।

प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष महासंघले कोरोना महामारीका कारण शिथिल अर्थतन्त्रलाई पुर्नगति प्रदान गर्न प्रत्येक क्षेत्रमा रक्तसंचार हुने गरि विशेष प्याकेजको व्यवस्था हुनुपर्ने माग गरेको हो ।

महासंघका अध्यक्ष रमेश महर्जनको नेतृत्वसहित गएको प्रतिनिधिमण्डलले आभुषण क्षेत्रलाई प्रवर्द्धन गरी अर्थतन्त्रमा थप योगदान पु¥याउने सुझाव पेश गरेको छ ।

राष्ट्र बैंकबाट आर्थिक वर्ष २०७८/७९ को लागि निकट भविष्यमा नै सार्वजनिक गरिने मौद्रिक नीति मार्फत पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा र व्यवसाय निरन्तरता कर्जा आदिको क्षेत्र विस्तार गरी नेपाल सरकारमा दर्ता भई संचालनमा रहेका सबै उद्यम, व्यवसायले उपभोग गर्न सक्ने प्रावधान राखिनु पर्नेमा पनि महासंघले जोड दिएको छ ।

‘वस्तु व्यापारमा आयातको हिस्सा ९२ प्रतिशत र निर्यात ८ प्रतिशत रहेको र नेपाल जस्तो सानो अर्थतन्त्र भएको राष्ट्रले यति ठूलो व्यापार असन्तुलन सामान्य तवरले थेग्न सक्ने विषय होइन’,- महासंघले भनेको छ ।

परम्परागत वस्तु मात्र निर्यात र पुरानै कार्यशैलीले यो अवस्थामा सुधार नआउने भन्दै नयाँ वस्तु र बजारमा जोड दिन महासंघले सुझाव दिएको छ ।

यस्तो छ महासंघले दिएको सुझाव:

वि.सं.२०७८ साउन ६ बुधवार १३:४५ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...