back
NMB ad

जीवन बीमा कम्पनीले आर्जन गरे १ खर्ब २० अर्ब बीमा शुल्क, प्रतिस्पर्धामा अब्बल बन्दै यूनियन लाइफ

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा सञ्चालनमा रहेको १९ वटा जीवन बीमा कम्पनीले १ खर्ब २० अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

कोरोना महामारीको समयमा पनि कम्पनीहरुले व्यवसाय विस्तारमा निकै जोड दिएका छन् । असार महिनामा मात्रै बीमा कम्पनीले १८ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छन् ।

असार मसान्तसम्म जीवन बीमा कम्पनीले ४१ अर्ब ९७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् भने ७८ अर्ब ३५ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन भने वैदेशिक रोजगार बीमाशुल्क बाट ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।

असार महिनामा मात्रै जीवन बीमा कम्पनीले ६ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ११ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको जीवन बीमा कम्पनीले एक महिनाको अवधिमा ७ अर्ब रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिको तथ्याङक अनुसार पुराना कम्पनीको तुलनामा बीमा शुल्क आर्जन तर्फ हेर्दा युनियन लाइफ इन्स्योरेन्स निकै प्रतिस्पर्धी देखिएको छ ।

बीमा समितिका अनुसार असार मसान्त सम्ममा नेपाल लाइफले ३२ अर्ब ८४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १७ अर्ब १४ करोड, नेशनल लाइफले १२ अर्ब १६ करोड, राष्ट्रिय बीमा संस्थानले ७ अर्ब ४१ करोड, यूनियन लाइफले ६ अर्ब ७७ करोड, एशियन लाइफले ५ अर्ब ९२ करोड, मेट लाइफले ५ अर्ब २ करोड, रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

बीमा समितिका अनुसार सूर्य लाइफले ४ अर्ब २६ करोड, गुँरास लाइफले ३ अर्ब ६८ करोड, प्राइम लाइफले ४ अर्ब ३ करोड, आईएमई लाइफले २ अर्ब ७९ करोड, ज्योती लाइफले ३ अर्ब १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै सन नेपाल लाइफले २ अर्ब २२ करोड, रिलायन्स लाइफले २ अर्ब ५७ करोड, रिलायबल नेपाल लाइफले २ अर्ब ९९ करोड, सिटिजन लाइफले ३ अर्ब ५९ करोड, सानिमा लाइफले १ अर्ब ९५ करोड, प्रभु लाइफले १ अर्ब ४५ करोड र महालक्ष्मी लाइफले १ अर्ब ६ करोड बीमा शुल्क आर्जन गरेको छ ।

वि.सं.२०७८ साउन ६ बुधवार १८:३५ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...