back
NMB ad

स्वयंसेवक खटाउने प्रधानमन्त्रीको योजना असफल

Kumari bank ad

काठमाडौं । त्रिपालमुनि बसेकालाई जस्ताको छानामुनि ल्याउन भूकम्प प्रभावित क्षेत्रमा स्वयं सेवक परिचालन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीसहित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजना असफल भएको छ ।

प्राधिकरणले जेठ ७ देखि २१ गतेसम्म १५ दिनका लागि स्वयंसेवक परिचालन गर्ने लक्ष्य राखेर बनाएको निर्देशिका पनि अलपत्र परेको छ ।

प्रधानमन्त्री ओलीले राजनीतिक दलका कार्यकर्तालाई स्वयंसेवक बनाएर परिचालन गर्ने प्रस्तावलाई दलहरुले महत्व नदिएपछि यो योजना असफल भएको हो ।

भूकम्पबाट क्षतिग्रस्त निजी घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने दुई लाख रुपैयाँ अनुदान सम्बद्ध लाभग्राहीसँग हुने अनुदान सम्झौतामा सहयोग पुर्याउने उद्देश्यसहित स्वयंसेवक परिचालन गर्न खोजिएको थियो ।

तर, प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्थानीय पार्टी समितिलाई स्वयंसेवक परिचालित हुन दिएको निर्देशन कांग्रेसकै कार्यकर्ताले अवज्ञा गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ जेठ ३

वि.सं.२०७३ जेठ ३० आइतवार १०:४४ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...