back
NMB ad

पूर्व गभर्नरलाई पूर्व विश्व घनाड्यले घुस दिएको खुलासा !

Kumari bank ad

कुनै समय विश्वका सर्वाधिक धनाड्य ब्राजियाली व्यवसायी एइक बाटिस्टाले प्रहरी समक्ष आत्मसपर्मण गरेका छन् । विभिन्न घुस तथा भ्रष्टाचार आरोप लागेका बाटिस्टा सोमबार रियो दि जेनेरियास्थित विमानस्थलमा ओर्लिएपछि उनलाई ब्राजिलियाली प्रहरीले पक्राउ गरी हिरासतमा लिएको हो । प्रहरीले पक्राउ परेका बाटिस्टाको स्वास्थ्य अवस्था ठिक भए नभएको सम्बन्धमा स्थानीय अस्पतालमा परीक्षणपछि छानविनका लागि हिरासतमा राखेको छ ।

पक्राउ परेपछि बाटिस्टाले ब्राजिलको टेलिभिजनसँग कुराकानी गर्दै भन, आफूमाथि लगाइएको घुस तथा भ्रष्टाचार आरोपबारे छानबिन गर्न अदालतलाई सहयोग गर्ने उद्देश्यले आफूले प्रहरी समक्ष आत्मसमर्पण गरेको बताए । बाटिस्टाले आफूमाथि लागेको आरोपका बारे भने थप केही बोल्न चाहेनन् ।

बाटिस्टाले आफूमाथि लगाइएको आरोप छानबिन गर्न न्यायालयलाई सहयोग गर्नु आफ्नो कर्तव्य ठानेर न्युयोर्कस्थित जोन एफ केनेडी विमानस्थलबाट रियोका लागि आइतबार राति आएको टेलिभिजनसँगको कुराकानीमा बताए ।

बाटिस्टामाथि रियो दि जेनेरियोका पूर्व गभर्नर सर्जियो कावरलाई घुस दिई सरकारी ठेक्कापट्टामा कानुन विपरित सम्झौता गरेको, विदेशी बैंक खातामा करोडौँ अमेरिकी डलर लुकाई राखेकोलगायत आरोप छन् ।

प्रकाशित मितिः २०७३ माघ १८

वि.सं.२०७३ माघ १८ मंगलवार १३:४४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...