Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017

‘आँखाभरि आँसु’ भिडियो सार्वजनिक

November 15, 2017

aakhavari asu

काठमाडौँ । लोक तथा दोहोरी गायक राजन ठकुरीको ‘आँखाभरि आँसु’ बोलको आधुनिक गीतको भिडियो हालै सार्वजनिक भएको छ । सो गीतमा नेपाली लोक दोहोरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल चर्चित सर्जक, संगीतकार तथा गायक ठकुरीको संगीत रहेको छ भने शब्द संकलक युनिषा हमाल ठकुरीको शब्द रहेको छ । यसमा चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ ।

माया प्रेमलाई विषय वस्तु बनाइएको सो आधुनिक गीतलाई समेत सबै स्रोताले उत्तिकै माया गरिदिने गायक ठकुरीको विश्वास रहेको छ । भिडियोलाई निर्देशक देवेन्द्र पाण्डेले निर्देशन गरेका छन् । गीतमा युनिषा हमाल र युगराज पाण्डेको अभिनय रहेको छ ।

प्रकाशित मितिः २०७४ कार्तिक २९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु