back
NMB ad

थाहा पाईराख्नोस्,सतप्रतिशत हकप्रदपछि पुन ५० प्रतिशत हकप्रद निष्काशन गर्दै माइक्रोफाइनान्स

Kumari bank ad

काठमाडौ । हालै मात्र एक बराबर एक अनुपातमा अर्थात् शतप्रतिशत हकप्रद सेयर जारी गरेको आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले पुनः ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । हाल एक करोड दुई लाख रुपैयाँ चुक्तापुँजी भएको संस्थाको शतप्रतिशत हकप्रद वितरण भइसकेपछि चुक्तापुँजी २ करोड ४ लाख रुपैयाँ पुग्नेछ । साथै, जारी पुँजी २ करोड रुपैयाँबाट बढेर ४ करोड रुपैयाँ पुग्नेछ । हकप्रद वितरणको काम अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ ।

उक्त हकप्रद वितरणपछि कायम हुने चुक्तापुँजीबाट ५० प्रतिशत हकप्रद जारी गरेर संस्थाले तीन करोड छ लाख रुपैयाँ चुक्तापुँजी र छ करोड रुपैयाँ जारी पुँजी पुयर्नउनेछ । उक्त पुँजीबाट पनि आर्थिक बर्ष २०७४/०७५ मा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने संस्थाको योजना छ ।

संस्थाले कुल १६ वटा शाखाबाट पाँच हजारभन्दा बढि घर परिवारलाई सेवा प्रदान गर्दै आइरहेको छ । १० जिल्लाहरु क्रमशः नुवाकोट, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, धनकुटा, तेह्रथुम, खोटाङ्ग र भोजपुर कार्यक्षेत्र रहेको संस्था लि. ले थप ५ जिल्लाहरु क्रमशः काभ्रेपलाञ्चोक, धादिङ्ग, गोरखा तनहुँ र कास्कीमा आफनो कार्यक्षेत्र विस्तार गर्न नेपाल राष्ट्र बैंक बाट स्वीकृती समेत प्राप्त गरेको छ । यससँगै संस्थाको कार्यक्षेत्र १५ जिल्ला पुगेको छ ।

प्रकाशित मितिः २०७३ मंसिर १५

वि.सं.२०७३ मंसिर १५ बुधवार १६:२२ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...