back
NMB ad

आयल निगममा ६२ जनालाई खुल्यो जागिर

Kumari bank ad

काठमाण्डौं ।  आयल निगमले सहायकदेखि उपप्रवन्धकसम्मका  विभिन्न तहमा कर्मचारीहरुको माग गरेको छ। १२ जना उपप्रवन्धक, १९ जना सहप्रवन्धक, वरिष्ठ सहायक १६ जना र १५ जना सहायक कर्मचारीका लागि निगमले दरखास्त आह्वान गरेको छ।

मेकानिकल, सिभिल, केमिकल, पेट्रोलियम, इण्डष्ट्रियल, इलेक्ट्रिकल र इन्जिनियरतर्फ सातौं तहमा प्राविधिक इन्जिनियरिङ समूहबाट १२ जना उपप्रवन्धक माग गरिएको छ। सो समूहका लागि ८ सय रुपैयाँ परीक्षा दस्तुर तोकिएको छ। सम्वन्धित विषयमा स्नातक उत्तिर्ण गरेकाले आवेदन दिन सक्ने छन्।

त्यस्तै प्रशासन, कम्प्युटर र लेखा समूहबाट छैटौं तहअन्तर्गत सहप्रवन्धकमा १९ जनाको पदपूर्ति गरिने निगमले जनाएको छ। सो समूहबाट आवेदन दिनेले परीक्षा दस्तुर ७ सय रुपैयाँ तिर्नुपर्दछ। मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक उत्तिर्ण गर्नेले सो पदमा आवेदन दिन सक्ने छन्।

प्रशासन तथा प्राविधिक ५ औं तहको वरिष्ठ सहायकका रुपमा १६ जना कर्मचारीको पदपूर्ति गरिने छ। प्रशासन, लेखा तथा सहायक मेकानिकल समूहबाट यी कर्मचारीहरु पदपूर्ति गरिने छ। यसको लागि परीक्षा दस्तुर ५ सय तोकिएको छ।  मान्यताप्राप्त शिक्षण संस्थाबाट एसएलसी उत्तिर्णले यीमध्ये कुनै पदमा आवेदन दिन सक्ने छन्।

इच्छुक आवेदकले आजको मितिदेखि २१ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ। प्रधान कार्यालय बबरमहलबाट आवेदन फारम भर्न पाइने निगमले जनाएको छ।
प्रकाशितः २०७३ असार ४

वि.सं.२०७३ असार ४ शनिवार १२:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...