back
NMB ad

अबदेखि सवारी दुर्घटनामा ज्यान लिने चालकको लाइसेन्स खारेज हुने

Kumari bank ad

काठमाण्डौं । उच्च अदालत पाटनले सवारी दुर्घटनामा ज्यान लिने सवारी चालकको अनुमतिपत्र ९लाइसेन्स० खारेज गर्ने गरी कानुन बनाउन सरकारको नाममा आदेश दिएको छ । न्यायाधीशद्वय युवराज सुवेदी र डा. रवि शर्मा अर्यालको संयुक्त इजलासले उक्त आदेश जारी गरेको हो ।

चरम लापारवाहीले सवारी चलाई भएको दुर्घटना वा मनाशायपूर्वक ज्यान लिनु गम्भीर अपराध भन्दै त्यस्ता मुद्दामा कैद सजाय मात्र अपुग हुने ठहर उच्च अदालतले गरेको हो ।
‘सवारी चलाउँदा मनसायपूर्वक कसैको हत्या भएको वा चरम लापारवाहीसाथ सवारी चलाउने सवारी चालकको चालक अनुमतिपत्र रद्द गर्ने गरी तत्काल कानुन निर्माण गर्नु भनी नेपाल सरकारको नाममा आदेश गरिएको छ’, उच्च अदालतले भनेको छ ।

सामान्य दूर्घटना भई व्यक्ति घाइते हुदा सवारी ब्याक गरी किच्ने र हत्या गर्ने प्रवृत्ति बढेको सन्दर्भमा अदालतले त्यस्ता मुद्दाका दोषीलाई अधिकतम कैद र सवारी नै चलाउन नमिल्ने गरी कानुन बनाउन आदेश गरेको हो । ब्याक गरी हत्या गरेकै विषयमा परेको मुद्दामा सुनुवाई पछि संयुक्त इजलासले नागरिकको जीउ ज्यानको सुरक्षाका लागि आवश्यक र उपर्युक्त आदेश जारी गरी राज्यका सम्बन्धित निकायलाई सजग र सतर्क गराएको हो ।

गत वर्षको साउन २७ गते थानकोट नजिक ढुंगेअड्डामा मोटरसाइलमा सवार राममाया श्रेष्ठको मालवाहक ट्रकको ठक्करले मृत्यु भएको थियो । उक्त ट्रकका चालक यदुराज भट्टराइले ट्रक ब्याक गरी श्रेष्ठकको ज्यान लिएको दावी साथ परेको मुद्दामा उच्च अदालतबाट उक्त आदेश भएको हो ।

उक्त मुद्धामा काठमाडौ जिल्ला अदालतले भट्टराईलाई दोषी ठहर गरी २ वर्ष कैदको फैसला परेको थियो । उक्त फैसला चित्त नबुझी परेको पुनरावेदनमा उच्च अदालतले ५ वर्ष कैदसहित कानुन बनाउनेसम्बन्धी आदेश समेत भएको हो ।

२० चैत २०७३, कान्तिपुर दैनिक, ७।००

वि.सं.२०७३ चैत २० आइतवार ०७:२५ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...