काठमाडौ । कृषि विकास बैंकमा रहेको सरकारको अग्राधिकार पूँजी ५ अर्ब ४३ करोड २७ लाख रूपैयाँको ६ प्रतिशत बराबरको तीन करोड २५ लाख ९६ हजार रुपैयाँ नगद लाभांश सरकारलार्इ प्रदान गर्ने निर्णय गरेको छ ।
कृषि विकास बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर समेत वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको ६७३ औं बैठकले साधारण सेयरको २० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो । साथै बैंकले बोनसमा लाग्ने कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।
कृषि विकास बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा ३६ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९४ पैसा कायम गरेको छ । बैंकको सेयर सोमबार प्रतिकित्ता ४१४ रुपैयाँमा कारोबार भएको छ ।
हाल बैंकको साधारण सेयर ७ अर्ब ८ करोड ७६ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनसपछि बैंकको पूँजी ८ अर्ब ५० करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
२०७४ पुष १८ गते प्रकाशित
वि.सं.२०७४ पुस १८ मंगलवार ११:५६ मा प्रकाशित