back
NMB ad

 एसियामा बाल विवाह गर्नेमध्ये नेपाल तेस्रो मुलुक

Kumari bank ad

रबिना पौडेल,काठमाडौ । “नेपाली जुटौँ बाल विवाह रोकौँ ” अभियान शुभारम्भ भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सामुदायिक रेडियो प्रसारक संघ नेपालले संयुक्त रुपमा आयोजना गरेको अभियानको आज काठमाडौँमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुभारम्भ गरिएको हो ।

युनिसेफको तथ्याङ्क अनुसार एसियामा बाल विवाह गर्नेमध्ये नेपाल तेस्रो मुलुक हो । त्यसैले यो समस्यालाई सम्बोधन गर्ने र नेपालमा बाल विवाह न्यूनीकरण गर्ने उद्देश्यले सो अभियानको शुभारम्भ गर्नु परेको आयोजकको भनाई छ ।

यो अभियानले दिगो विकासका लक्ष्यहरु खास गरी दिगो विकास लक्ष्य नं ५.३ र १६.२ले निर्दिष्ट गरेको लक्ष्य पूरा गर्न सरकारलाई सहयोग गर्नेछ । वल्र्ड भिजन इन्टरनेसनल नेपालकी राष्ट्रिय निर्देशक एलिजावेथ हान्ना साटोले भनिन्–“नेपालको कानुनले महिला पुरुष दुवैका लागि विवाहको उमेर २० वर्ष तोकेको भएतापनि नेपालमा अझै पनि विवाहको प्रचलन ग्रामीण र शहरी दुवैमा व्याप्त देखिन्छ । बाल विवाह मानव अधिकारको उल्लंघन हो त्यसैले यसको उन्मूलन गर्न अभिभावक, विद्यालय, समुदाय, सरकार, कर्पोरेट र समग्र समाज जिम्मेवारी वहन गर्नुपर्छ ।”

त्यस्तै सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुवास खतिवडाका अनुसार हाम्रो संविधान, ऐन, कानून र नीति नियमको मर्म र भावना अनुकुलको सामाजिक एवं सांस्कृतिक व्यवहार स्थापित गर्ने दायित्व सामुदायिक रेडियो एवं सञ्चार माध्यम र सबै सचेत नागरिकको हो ।

नेपाल सरकारले बालविवाह जस्ता कुरीति, कुसंस्कारको सन् २०३० सम्म अन्त्य गर्ने योजना बनाएको छ । सबैले आफ्नो तर्फबाट यस योजना सफल बनाउन लागि पर्नु पर्ने बताइएको छ । कार्यक्रममा विभिन्न पदस्थ व्यक्तित्वहरु, नागरिक समाज रबालबालिकाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः २०७४ साउन २६

वि.सं.२०७४ साउन २६ बिहीवार १५:३३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...