back
NMB ad

कति वर्षको हुनुभयो तपाई ? एकपटक यो पढ्नुहोस्

Kumari bank ad

काठमाण्डौं । निर्वाचन आयोगले यही फागुन ९ गते १८ वर्ष पुगेका बालिगहरुलाई मात्र स्थानीय निर्वाचनमा सहभागी गराउने निर्णय गरेको छ। निर्वाचन आयोगको हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो।

‘आसन्न स्थानीय तहको निर्वाचनको लागि अन्तिम मतदाता नामावली तयार गर्न मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांश ९२० बमोजिम निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनको लागि नाम दर्ता नगरिने हुँदा मिति २०७३/११/१० गतेबाट सबै स्थानमा सञ्चालन गरिएको मतदाता नाम दर्ता कार्य स्थगित गर्ने तथा बाहिरी जिल्लाको दर्ता कार्यसमेत स्थगित गर्ने निर्णय गरेको छ’, आयोगको निर्णयमा भनिएको छ, ‘साथै, स्थानीय तहको निर्वाचनको मिति घोषणा भएको मिति २०७३/११/०९ लाई नै मतदाता नामावली ऐन, २०७३ को दफा ६(ख) बमोजिम मतदाताको उमेर १८ (अठार) वर्ष पूरा भएको मिति मानी अन्तिम मतदाता नामावली तयार गर्न समेत निर्णय भएको छ।’

आयोगले गत कार्तिक १ देखि निर्वाचन घोषणा भएको मिति २०७३/११/०९ सम्म दर्ता भएको मतदाता नामावलीलाई मतदाता नामावली अध्यावधिक गर्न आगामी १७ देखि २१ सम्मको अवधि तोकेको छ। अध्यावधिक भएको नामावली अन्तिम मतदाता नामावलीमा समावेश गर्ने समेत आयोगको निर्णय छ।

११ फागुन २०७३, ११।००

वि.सं.२०७३ फागुन ११ बुधवार १४:०६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...