back
NMB ad

८० प्रतिशत धान रोपाइँ

Kumari bank ad

वीरगन्ज । समयमै पानी परेको र मलखाद पनि समयमै उपलब्ध भएकोले आलसम्म बारामा ८० प्रतिशत धान रोपार्इँ सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालय बाराका अनुसार जिल्लामा ६२ हजार ३ सय ५४ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेका छन् । ती मध्ये ३३ हजार ३ सय ५४ हेक्टर सिञ्चित र २९ हजार असञ्चित क्षेत्रफल रहेका छन् । जिल्लामा अहिलेसम्म ५० हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष ६० हजार ४ सय ४० हेक्टर क्षेत्रफलमा भएको धानखेतीबाट दुई लाख २८ हजार ६ सय ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष हालसम्मको समग्र स्थिति राम्रो रहेकोले प्रति हेक्टर ४. ४ प्रतिशत मेट्रिक टन धान उत्पादन हुनसक्ने पूर्वानुमान गरिएको जिल्ला कृषि विकास कार्यालय बाराका वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले बताए ।

जिल्लामा ८० प्रतिशत किसान धानखेतीमा आश्रित छन् । तीमध्ये ६५ प्रतिशत किसानले मन्सुली, सावित्री, स्वर्णासव—१, राधा, बास्मतीजस्ता जातका धान लगाउँदै आएको बताइएको छ ।

धानखेती गर्ने किसानलाई यो वर्ष सरकारले मसिना तथा बास्नादार कार्यक्रमअन्तर्गत ७५ प्रतिशत अनुदानमा २५ मेट्रिक टन धानको बीउ वितरण गरेको छ भने प्रोत्साहन भत्ताअन्तर्गत धानखेती गर्ने किसानलाई प्रति हेक्टर रु ५ हजार र कृषि औजारमा समेत सुविधा दिन थालेपछि किसान धानखेतीतर्फ आकर्षित भएका छन् ।

यसैगरी पर्सा जिल्लामा हालसम्म ४५ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय पर्साले जनाएको छ । रासस

प्रकाशित मितिः २०७४ असार ३१

वि.सं.२०७४ असार ३१ शनिवार १५:०६ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...