back
NMB ad

जमिन बाँझो राख्नेलाई कारवाही गर्न भू-उपयोग ऐन !

Kumari bank ad

काठमाण्डौं। सरकारले अब कृषियोग्य जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएकोछ । यसका लागि भूमिसुधार मन्त्रालयले पहिलोपटक नेपालमा भू-उपयोग ऐन ल्याउँदैछ । यही ऐनलाई टेकेर सरकारले जमिन बाँझो राख्नेलाई कारवाही गर्ने भएको हो ।

मन्त्रालयले तयार पारेको मस्यौदा संसदमा पेश हुने क्रममा छ । संसदले यो ऐन पारित गर्नासाथ खेतबारी बाँझो राख्नेहरुलाई कारवाही गर्न सुरु गरिने मन्त्रालय स्रोतले बताएकोछ ।

कृषिजन्य जग्गा किनेर बाँझै छाड्नेहहरुलाई जरिवानासहित उच्च दरमा कर लगाउनेसम्मको व्यवस्था गरिने भएको छ ।

यसका साथै, कृषियोग्य जमिनमा घर बनाएमा पनि कारवाही हुनेछ । सरकारले ०६९ सालमा ल्याएको भू(उपयोग नीति कार्यान्वयनका लागि यस्तो ऐन बनाउन लागेको हो । यो नीतिमा नेपालमा रहेका जमिनलाई ११ वटा प्रयोजनका लागि छुट्याउने उल्लेख छ । प्रस्तावित ऐनमा ति ११ प्रकारका जमिन जुन प्रयोजनका लागि हो, त्यसमैमात्रै प्रयोग गर्न पाउने उल्लेख गर्न प्रस्ताव गरिएको छ ।

नीतिले जमिनहरुलाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी र खनिज, निर्माण सामग्री उत्खनन क्षेत्रमा वर्गीकरण गरेको छ । त्यसैगरी सांस्कृतिक र पुरातात्विक महत्वको क्षेत्र, नदीनालारतालतलैया, वन, सार्वजनिक उपभोग र खुला, जोखिम र तोकिए बमोजिमका अन्य क्षेत्र गरी ११ वटा क्षेत्रमा वर्गीकरण गरेको छ ।

३१ जेठ २०७३, १०।००

वि.सं.२०७३ जेठ ३१ सोमवार ११:४१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...