back
NMB ad

के तपाई पशुपालन या खेती गर्ने सोचमा हुनुहुन्छ ? छ भने यो लेख तपाईका लागि उपयोगी हुनसक्छ

Kumari bank ad

कृषि क्षेत्र अहिलेको आम्दानीका हिसाबले उर्बर र फराकिलो क्षेत्र हो । नेपाल कृषि प्रधान देश भनेर हामीले सुन्दै आएको पनि हो, यो हामीलाई थाहा भएकै विषय हो ।  यति हुँदा हुँदै पनि कृषि क्षेत्रप्रति निराशा भइरहेको अवस्थामा आएको कृषि बीमा कार्यक्रममा पछिल्लो समयमा बल्ल कृषकहरुको चासो बढ्न पुगेकोछ ।

कृषि बीमाले गर्दा कृषकहरु आकर्षित भइरहेको समाचार जिल्ला जिल्लाबाट आइरहेकोछ । यस्तो अवस्थामा के तपाईलाई पनि यस विषयमा जान्ने मन छ ? छ भने यो लेख तपाईका लागि उपयोगी हुनसक्छ । कृषि बीमा कुनै पनि प्रकारका प्राकृतिक वा मौसमी समस्याका कारण किसानले कृषिजन्य कार्य गर्दा गरेको लगानी खेर जाने अवस्थामा लगानी सुरक्षित गर्ने उपाय हो । कृषि बीमा गर्दा किसानहरुको लगानीको जोखिम कम हुन्छ ।

कृषि बीमाका लागि तराईमा न्यूनतम १ कठ्ठा र पहाडमा आधा रोपनी जग्गामा पशुपन्छी पालन तथा खेती गरेको हुनुपर्छ । बाली रोपियो अथवा छरियो तर बालीले फल दिएन भने त्यस्तो अवस्थामा क्षतिपूर्ति पाइँदैन तर रोग ब्यादी, बाढी, पहिरो, चट्याङ, असिना आदीले असर गरेको छ भने त्यस्तोमा बीमाले नै कभर गर्छ ।

त्यस्तै, बीमित पशू पंक्षी वा बाली हराएमा वा चोरी भएमा, निर्धारित अवधिभित्र दाबी प्रक्रिया सुरु नगरेमा, बीमित पशू पंक्षी वा बालीको बीमाशुल्क नबुझाएको अवस्थामा वा नवीकरण गर्नुपर्ने बीमालेख समाप्त भएको ७ दिनभित्र नवीकरण गरी तोकिएको संस्थामा बीमाशुल्क प्राप्त नभएमा भुक्तानी पाइँदैन । बीमित पशु पंक्षी वा बालीको शरीरमा लगाई राखिएको सङ्केत पट्टा मृत पशुधनको शरीरमा नभेटिएमा पनि बीमा कम्पनी दाबी भुक्तानीका लागि बाध्य हुने छैन । बीमित पशू पंक्षी वा बालीको शरीरमा राखिएको सङ्केत पट्टा कुनै कारण विशेषले हराएमा सोको जानकारी तत्काल बीमक वा तोकिएको संस्थालाई नगराएमा, चरन, स्वास्थ्य उपचार र प्रजनन प्रयोजनको लागि मात्र गोठदेखि ५ किलोमिटर भन्दा बढीको दुरीमा दुर्घटना भएमा अथवा बीमकको सहमतिबीना पशूपन्छीलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा र पन्छीमा बर्डफ्लू भएमा बिमित भुक्तानी नपाउने व्यवस्था छ ।

कृषि बीमा गर्न १७ वटा कम्पनीले अनुमति लिएका छन् । ती मध्ये आफुलाई पायक पर्ने कुनै पनि कम्पनीका अभिकर्ता वा सिधै कम्पनीको कार्यालयमा गई आफुले गरेको कृषि कार्य र लागत खर्च उल्लेख गरि फाराम बुझाउनु पर्छ । उक्त कम्पनीले पठाएको प्राविधिक टोलीको रिपोर्ट आईसकेपछि अभिकर्ताले किसानको पशुपन्छी तथा बाली विमा गरिदिन्छन् ।

कृषि बीमाको क्षेत्रमा जति प्रिमियम लाग्ने हो त्यसको अनुपातमा लाग्ने ७५ प्रतिशत प्रिमियम नेपाल सरकारले अनुदान दिने र २५ प्रतिशत किसान आफैँले हाल्नुपर्ने व्यवस्था छ । जसअनुसार एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बीमा गर्दा किसानले पाँच हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाँ सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले व्यहोर्नुपर्छ ।

बीमा कम्पनीहरुको नियामक बीमा समितिले ०६९ देखि वृषि बीमा सुरु गरेको हो । नियामक निकाय बीमा समितिले निर्जबीन बीमाको व्यवसाय गर्दै आएका सबै बीमा कम्पनीलाई जिल्ला तोकेरै गाउँ–गाउँमा गएर कृषि बीमा गर्न निर्देशन समेत दिएको छ ।

कृषि बीमा गर्ने कम्पनीहरु :

insurance-companies

४ चैत २०७३, २।३०

 

वि.सं.२०७३ चैत ४ शुक्रवार १६:०६ मा प्रकाशित

You can share this post!

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...