back
NMB ad

अब व्यवसायिक कृषिका लागि ५ प्रतिशत ब्याजमै कर्जा पाइने

Kumari bank ad

काठमाण्डौं । सरकारले बढ्दो बेरोजगारी र युवा पलायन रोक्न व्यवसायिक कृषिमा लाग्ने युवाहरुलाई पाँच प्रतिशत ब्याजदरमै व्यावसायिक कृषि कर्जा दिने भएको छ । चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्था बमोजिम सरकारले यस्तो व्यवस्था गरेको हो ।

जसका लागि नेपाल राष्ट्र बैंकले कृषि कर्जा ब्याज अनुदान सम्बन्धी नयाँ कार्यविधि जारी गर्दै सो अनुरुपम कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

राष्ट्र बैंकले युवालाई व्यावसायिक कृषिमा प्रदान गरिने ब्याज अनुदान सम्बन्धित कार्यविधि ०७१ लाई खारेज गरि व्यावसायिक कृषिमा प्रदान गरिने ब्याज अनुदान सम्बन्धित कार्यविधि २०७३ लागु गरेको छ । 

कार्यविधिमा बैंक तथा वित्तीय संस्थालाई कृषि कर्जा प्रवाह गर्दा ५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने उल्लेख छ । साथै कर्जामा लिइने ब्याजमा अन्य निकायलाई दिनुपर्ने बिमा शुल्क, कर्जा सूचना जस्ता शुल्कबाहेक अन्य कुनै प्रकारको सेवा शुल्क लिन नपाईने व्यवस्था समेत गरिएको छ ।

सरकारले व्यावसायिक तरकारीखेती, पशुपालन, जडीबुटी, फलफूल खेती, दुग्ध व्यवसाय, माछापालन, च्याउखेती, कृषि भण्डारण, बधशाला, मासुजन्य व्यवसाय लगायतका कर्जामा यो सहुलियत उपलब्ध गराउनेछ ।

युवाहरुले यस्तो कर्जा अधिक्तम सात करोड रुपैयाँसम्म पाउनेछन् भने दश लाख रुपैयाँसम्मको कर्जा सामूहिक जमानीका आधारमा  लिन पाइनेछ । ब्याज अनुदान दिने कर्जाको भुक्तानी बढीमा ५ वर्ष तोकिएको छ । विशेष अवस्था आएमा बढीमा २ वर्ष थप गरी ७ वर्षसम्म र्पुयाउन सक्ने छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाबमोजिम ब्याज अनुदान दिन लागेको हो । सरकारले व्यवसायी कृषि तथा पशुपंक्षी कर्जाका लागि ३ अर्ब रुपैयाँ विनियोजन गरेको छ भने कृषि तथा पशुपंक्षी बिमाको प्रिमियममा ७५ प्रतिशतसम्म अनुदान दिने बजेटमा उल्लेख गरिएको छ ।

 

 

२० चैत २०७३, मेरो लगानी,  ७।००

वि.सं.२०७३ चैत २० आइतवार ०७:१३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...