back
NMB ad

कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउने : मन्त्री चौधरी

Kumari bank ad

काठमाडौँ, २९ भदौ । कृषि विकासमन्त्री गौरीशङ्कर चौधरीले कृषि पेसामा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताएका  छन् ।

इजरायल रिटननेट समाजले यहाँ आज आयोजना गरेको बृहत् भेटघाट तथा पुनर्मिलन कार्यक्रममा मन्त्री चौधरीले विदेशमा सीप सिके पनि त्यसको सदुपयोग स्वदेशमा आएर गर्नैपर्ने भन्दै कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउनका लागि पहल गरिने बताएक हुन ।

त्यसैगरी कृषिविकास राज्यमन्त्री राधिका तामाङले व्यावसायिक कृषकलाई प्रोत्साहन गर्न सरकारले पूर्ण सहयोग गर्ने बताए ।

नेकपा (एमाले)का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले युवावर्गले विदेशमा सीप सिकेर उक्त सीप नेपालमा लगानी गरी अन्य युवालाई रोजगारी सिर्जना गर्न क्रियाशील रहन अनुरोध गरे ।

उक्त समाजका अध्यक्ष खोजराज कटुवालले देशलाई समृद्ध पार्नका लागि सरकारले कृषि क्षेत्रको लगानी बढाउनुपर्नेमा जोड दिए ।

नेपाल व्यावसायिक कृषक सङ्घको सचिव रवीन्द्र विष्टले विदेशमा कमाएको पैसा स्वदेशमा ल्याई उत्पादनशील व्यवसायमा लगानी गर्नुपर्ने बताए । हाल काठमाडौँ उपत्यकामा मात्र विभिन्न क्षेत्रका गरी ५०० व्यावसायिक कृषक रहेका छन् ।

वि.सं.२०७३ भदौ ३० बिहीवार ०८:२६ मा प्रकाशित

You can share this post!

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

धादिङ सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०९

मलेखु (धादिङ), १४ वैशाख : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक...

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सातजना पक्राउ   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:०१

काठमाडौँ, १४ वैशाख : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले...

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:५५

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तको उपस्थितिमा नेपाल र चीनबीच...

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

प्रधानमन्त्रीसँग चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४८

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना...

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

भरतपुर भ्रमण वर्षः होटलमा २५ प्रतिशतसम्म छुट   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:४१

भरतपुर (चितवन), १४ वैशाख : भरतपुर भ्रमण वर्ष २०२४ को...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १२:२५

पाटन (ललितपुर), १४ वैशाख : काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री...