back
NMB ad

कृषिमा स्थानीय उत्पादनलाई जोगाउनुपर्ने: मन्त्री चौधरी

Kumari bank ad

काठमाडौ। कृषिमन्त्री गौरीशङ्कर चौधरीले नेपाली कृषिको मौलिकता जोगाउन सहकारी संस्थाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल कृषि केन्द्रीय सहकारी सङ्घले काठमाडौँमा आज आयोजना गरेको ‘किसानको पोको’ बिक्री कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषिलाई व्यावसायीकरण गर्न स्थानीय उत्पादनलाई जोगाउनुपर्ने बताए ।

कृषिमा आधुनिकता र व्यवसायीकताका नाममा नेपालको मौलिक उत्पादन लोपोन्मुख हुने अवस्थामा पुगेको मन्त्री चौधरीको भनाइ थियो ।

अन्नबालीमा मुरली मकै, पुराना रैथाने जातका धान, कोदो, फापर, जुनेलो, सिलम, अदुवा, राजमा, चना, आलस, टाटेसिमी, मस्याङ्, कोइरालो, रहर, खेसरी, मुसुरोलगायत सहकारीमार्फत संरक्षण गरी बिक्री वितरणमा सहयोग पु¥याउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

पछिल्लो पटक नेपालमा भित्रिएका बहुर्राष्ट्रिय कम्पनीका बीउबिजनले नेपालको मौलिक स्वादलाई विस्थापित गरेको छ । स्थानीय प्रजातिका खाद्यन्नबाली लोप हुन थालेको छ । जनसङ्ख्या बढिरहेका कारण कृषिको आधुनिकीकरण हुनुपर्ने भनाइले स्थानीय जातको बीउबिजनको सट्टामा बहुर्राष्ट्रिय कम्पनीका बीउबिजन भित्रिएका छन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा युवराज खतिवडाले भूमिहीन सीमान्तकृत र कृषि मजदुरका हातमा खेतियोग्य जमिन नहुन्जेल कृषिको दिगो विकास असम्भव रहेको बताए ।

राष्ट्र बैंङ्कका पूर्वगभर्नर समेत रहेका डा खतिवडाले ३५ प्रतिशत जनताका हातमा व्यावसायिक खेती गर्ने जग्गा नभएकाले कृषिमा दिगो विकास नभएको बताए ।

नेपालको कृषि गणना २०६८ अनुसार कृषि मजदुरको सङ्ख्या २० प्रतिशत तथा भूमिहीन सीमान्तकृत वर्गको सङ्ख्या १५ प्रतिशत रहेको छ ।

पूर्वसहकारी मन्त्री केशव बडालले सामूहिक र सहकारीखेती कृषिमा आशालाग्दो भएकाले जग्गाको अवैधानिक खण्डिकरण रोक्नुपर्नेमा जोड दिए । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घका अध्यक्ष खेम पाठकले कृषि भूमिलाई एकीकरण गर्नुपर्ने बताए ।

प्रकाशित मितिः २०७३ चैत १०

वि.सं.२०७३ चैत १० बिहीवार १६:५० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...