back
NMB ad

श्रमशोषणविरुद्ध पुस १८ बाट एयरपोर्टमा आन्दोलन चर्काउने मजदुरहरुको चेतावनी

Kumari bank ad

काठमाडौ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थ(एयरपोर्ट)मा भईरहेको भ्रष्टाचार, अनियमितता र श्रमशोषणको आवाज उठाउँदै मजदुरहरुले पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् । नेपाल ट्रेड युनियन महासंघ जिफन्ट प्रदेश संगठन कमिटि ३ यूनिट्राभ एयरपोर्ट इलाका कमिटि अन्तरगत सुुनगाभा,नयाँ नेपाल, नेपाल नागरिक उड्डयन सरसफाइ, एयर इन्डिया, टिएनटी, थाई इन्टरनेशनल, यति एयरलाइन्स डोमोस्टिक प्रालि, सयुक्त प्रदेश अभियानको बृहत अन्तक्रिया कार्यक्रममा मजदुरहरुले यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा नेपाल ट्रड युनियन महासंघ(जिफन्ट) प्रदेश संगठन ३ का संयोजक एवं जिफन्टका उपमहासचिव जनक चौधरीले एयरपोर्टमा कार्यरत श्रमिक माथि ठेकेदार कम्पनीहरुले चरम श्रमशोषण गरेको हुँदा सामाजिक सुरक्षा, तलब वृद्धिको साथै न्यायोचित व्यवहारको लागि संघर्सको लागि तयार रहन निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रदेश सचिव रामहरि नेपालले ठेक्का प्रथाका कारण श्रम क्षेत्रमाथि दिननुदिन जटिल समस्या उत्पन्न भएको भन्दै सबै मिलेर यो परिपाटीको अन्त्य गराउनुपर्ने भनाई राखे । त्यस्तै क्युपेक नेपालका अध्यक्ष नरनाथ लुइँटेलले १८ औं सताब्दीका मानिसको जस्तो सोच भएका व्यवस्थापकका कारण हाल श्रम क्षेत्रमा समस्या परिरहेको भन्दै सबैले व्यवस्थापकको सोच परिवर्तन गराउनका लागि सबै जागरुक हुनुपर्नेमा जोड दिए ।

Airport photo 2

कार्यक्रममा यूनिट्राभका महासचिव सुमनप्रसाद पराजुलीले एयरपोर्टमा ठेकेदार कम्पनी र नेपाल वायुसेवा निगम नेपाल हवाई प्राधिकरणले आउट सोर्सिङको नाममा मोटो कमिसन रकमको चलखेलमा श्रम शोषण गरेको आरोप लगाउँदै वृद्धि भएको तलब, दशै खर्च लगायत उचित पारिश्रमिकको व्यवस्थाका लागि ससक्त आन्दोलनका लागि तयार रहन सम्पूर्ण मजदुरलाई निर्देशन दिए । पुस अठार गतेसम्मको अल्टिमेटम दिंदै उनले उक्त समयमा पनि मजदुरको समस्या समाधान नभए सशक्त आन्दोलन थालिने चेतावनी दिंदै र त्यसका लागि तयार रहन एयरपोर्टका मजदुरहरुलाई निर्देशन दिएका छन् ।

प्रकाशित मितिः २०७३ पुस १३

वि.सं.२०७३ पुस १३ बुधवार १४:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...