back
NMB ad

छत्तिस लाख घरधुरी बैकल्पिक ऊर्जाको पहुँचमा

Kumari bank ad

काठमाडौ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट दुई दशकको अवधिमा ३६ लाख घरधुरीका वासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।
केन्द्रको २० औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा केन्द्रद्व्रारा सञ्चालित विभिन्न कार्यक्रमहरुमार्फत परम्परागत ऊर्जाको निर्भरतालाई कम गरी स्वच्छ ऊर्जामा पहुँच विस्तार हुनुको साथै जीविकोपार्जनमा सुधार ल्याउन सफल भएको भन्दै यसलाई आगामी दिनामा अझ विस्तार गर्दै लैजानुपर्नेमा सहभागीहरुले जोड दिए।

केन्द्रले सरकार र विभिन्न दातृ मुलुक र निकायको सहयोगमा वायोग्यास सहयोग कार्यक्रम, ग्रामीण ऊर्जा विकास कार्यक्रम, ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, नवीकरणीय ऊर्जा परियोजना, राष्ट्रिय ग्रामीण तथा नवीकरणीय ऊर्जा कार्यक्रमहरु सञ्चालन गरेको छ ।

केन्द्रको हालसम्म २७ हजार ८७४ किलोवाट लघु तथा साना जलविद्युत, १० हजार ५९४ सुधारिएको घट्ट, छ लाख १७ हजार ४६६ घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार साना सौर्य विद्युत् प्रणाली, एक हजार ४६७ संस्थागत सौर्य विद्युत प्रणाली, १६९ सौर्य पम्पिङ्ग, ५०० सौर्य ड्रायर जडान गरेको छ ।

यस्तै केन्द्रको सहयोगमा तीन लाख ६३ हजार ८४७ घरेलु बायोग्याँस, ३२१ संस्थागत बायोग्याँस, १८ सामुदायिक बायोग्याँस, एक करोड २४ लाख ५ हजार ९८ माटोको सुधारिएको चुलो, ४७ हजार ८४१ फलामे सुधारिएको चुलो, २२ किलोवाट बायोमास ग्यासिफायर विद्युतीकरण र ६४ किलोवाट वायु ऊर्जा जडान भएका छन् ।
केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले केन्द्रको भावी दिशासम्बन्धी अवधारणा प्रस्तुत गर्दै भविष्यमा लघु तथा साना जलविद्युत्को प्रवद्र्धनको गरी ग्रामीण विद्युतीकरणलाई प्रभावकारी बनाउन तथा राष्ट्रिय प्रशारण लाइन पुगेका स्थानमा सौर्य, वायु तथा जैविक ऊर्जालाई अझ विकास र विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे ।

वैकल्पिक तथा नवीकरणीय ऊर्जाका स्रोत र प्रविधिहरुलाई  प्रवद्र्धन गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनस्तरमा सुधार ल्याउने र परम्परागत ऊर्जा माथिको निर्भरतालाई कम गर्ने उद्देश्यले स्थापना केन्द्रले कार्यक्रमहरु अगाडि बढाउँदै आएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १९

वि.सं.२०७३ कात्तिक १९ शुक्रवार ०७:४३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...