back
NMB ad

अमेरिकामा आत्महत्या गर्ने नेपालीलाई दुई करोड क्षतिपूर्ति

Kumari bank ad

अमेरिका । यहाँको एक संघीय अदालतले जेलमा आत्महत्या गरेका नेपाली डाक्टर शिवलाल आचार्यको परिवारलाई दुई करोड रुपैयाँ (दुई लाख डलर) क्षतिपुर्ति दिने फैसला सुनाएको छ । अदालतले ३३ वर्षिय आचार्यको आत्महत्यामा एल्घेनी काउन्टी जेलका तत्कालीन स्वास्थ्य प्रमुख डाना फिलिपको लापरबाही रहेको भन्दै आचार्यको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो।

सिकागो शहरमा काम गर्ने आचार्यले चलाएको गाडीले सन् २००८ को सेप्टेम्बरमा एक जनाको ज्यान गएको थियो। मोटरसाइकललाई ठक्कर दिएपछि उनी भागेका थिए। उनलाई पक्रन प्रहरीले हेलिकोप्टर प्रयोग गरेको थियो।

हिट एण्ड रन केसमा जेल परेपछि आचार्यले सन् २००८ डिसेम्बर १३ मा जेलभित्रै आत्महत्या गरेका थिए। परिवारले आचार्यले आत्महत्या गर्न सक्नेबारे जेल प्रशासनलाई जानकारी दिएपनि अधिकारीहरुले लापरबाही गरेको आरोप लगाएका थिए। अदालतले जेल अधिकारीको गल्ती रहेको भन्दै गत विहीबार आचार्यको परिवारलाई क्षतिपुर्ति दिन फैसला सुनाएको हो।

एजेन्सी, ३ फागुन, २०७२, १.००

वि.सं.२०७२ फागुन ३ सोमवार १३:१९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...