back
NMB ad

राष्ट्रपति राहुल क्यास्ट्रोः ‘अमेरिका–क्युवा सम्बन्धमा वाधा आउन सक्छ ’

Kumari bank ad

क्युवा । क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन् ।

“अमेरिकी वर्तमान् राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण २ देशबीचको कुटनैतिक सक्बन्धमा बाधा आउनसक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस वर्षको संसदको पहिलो सत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए ।

क्यास्ट्रोले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाद्वारा कम्युनिष्ट राष्ट्र क्युवासँग सहकार्यका लागि २ वर्ष पहिले हवानामा अमेरिकी राजदूतावास पुनः सञ्चालनमा ल्याउनु पहिले जनाएको प्रतिवद्धताबाट आंशिक रूपमा पछि हटेको सङ्केत आएको भन्दै सम्बोधनमा ट्रम्पको आलोचना गरेका छन् ।

पूर्व राष्ट्रपति ओवामाले सन् २०१५ कोे जुलाई २० मा हवानामा राजदूतावास खोल्दै क्युवालाई हेर्ने अमेरिकी दृष्टिकोणमा सुधार भएको घोषणा गरेका थिए ।

ट्रम्पले केही दिन पहिले क्यास्ट्रो विरोधि आन्दोलनकारीलाई सानो हवाना भनेर चिनिने अमेरिकी शहर मियामीमा अमेरिकीलाई क्युवा जानमा कडाई गरिएको घोषणा गर्दै क्युवा अमेरिकाबीचको व्यापार सम्वन्धमा प्रतिबन्ध लगाएको बताएका थिए ।

क्यास्ट्रोले पछिल्लो नीति सन् १९६२ देखि लगाइएको क्युवाविरुद्धको प्रतिबन्ध जस्तै सम्बन्धमा कडाईको सङ्केत भएको जनाउँदै यसले पूरानो शीतयुद्धको अनुभूति गराएको संसदको सम्बोधनमा बताए ।
प्रकाशित मितिः २०७४ साउन १

वि.सं.२०७४ साउन १ आइतवार ११:०१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...