back
NMB ad

छाक टार्नै गाह्रो हुने परिवारको बाख्रापालनबाट फेरियो जीवन

Kumari bank ad

बागलुङ । जिल्लाको दमेक–८ की टुल्की थापा सापकोटाको दैनिकी हिजोआज मेलापात र घरधन्दामा मात्र सीमित छैन । छिमेकमा निमेक गरेर गुजारा धान्ने टुल्कीको परिचय अहिले उद्यमीका रुपमा गनिएको छ । पाँचवर्षअघि व्यावसायिक रुपले सुरु गरेको बाख्रापालनले उनलाई यथेष्ट आम्दानी दिन थालेकाले उनी सफल उद्यमी बन्नुपुगेकी छिन् ।

हेफर इन्टरनेसनल नेपालको सहयोगमा दीपज्योति युवा क्लबले चलाएको परियोजनामा आबद्ध भएपछि टुल्कीको जीवनमा परिवर्तन आएको छ । क्लबले दिएका १२ वटा पैँचो बाख्राबाट उहाँले सुरु गरेको बाख्रापालन फस्टाएर अहिले वार्षिक लाखौँ रुपैयाँ बराबरको आम्दानी भएको हो ।

“मुख्य पेसा बाख्रापालन ने हो, राँगो र कुखुरा पनि छ”, टुल्की भन्छिन् – “योसँगै तरकारी उब्जाएर बेच्ने पनि गरेका छौँ, आम्दानी राम्रो छ ।” पशुपालन र कृषिबाट वार्षिक रु चार लाखसम्म आम्दानी हुने गरेको छ भने सहयोगी व्यवसायका रुपमा मौरीपालन पनि गर्दै आएको छु, उनले बताइन् ।

सानो खरले छाएको घर, थोरै जग्गा–जमिन भए पनि टुल्कीका परिवारले परिश्रमबाटै राम्रो उन्नती गरेको छिमेकी बताउँछन् । “म मगरकी छोरी, ब्राह्मण समुदायको पतिसँग विवाह गर्दा ठूलो अपमान र दुव्र्यवहार सहनुप¥यो”, टुल्कीले भन्नुभयो – “घरपरिवारले हामीलाई अलग्गै राखे, ठूलो दुःख, पीडा झेल्यौँ ।” पति भैरवप्रसाद सापकोटामा बच्चाको पालनपोषण र घरव्यवहार चलाउन नसक्ने अवस्था आएपछि रोजगारीका लागि भारत पनि पुगेको उनले बताइन्। तर, विदेशमा टिक्न नसकेपछि घरमै फर्की मजदुरी गरेर परिवार धान्दै आएका थिए ।

“श्रीमती मेलापात जाने गर्थिन्, म भारी बोक्ने र हलो जोत्ने गर्थे” भैरब भन्छन्, – “घरको बिहान–बेलुकाको छाक टार्नै गाह्रो थियो, त्यसमाथि छोरीहरुलाई पढाउन झन समस्या थियो । पछि, दमेकमा हेफरको परियोजना आएपछि समूहमा आबद्ध भएर टुल्कीले परिवारको नै मुहार फेर्ने काम गरेकी हुन् ।”

“घरको काममा श्रीमान्ले पनि पूर्णरुपमा सघाउँदै आउनुभएको छ । घरमा रहेका पाँच छोरी पनि परिश्रमी छन् । उनीहरुको पढाइ–लेखाइ पनि राम्रो चलेको छ, घरव्यवहार गरेर बचत पनि गर्न थालेका छौँ” – टुल्कीले भनिन्। स्थानीय सिर्जना महिला समूहमा आबद्ध टुल्कीको गाउँकै सहकारीमा रु पाँच लाख बचत छ । अहिले उनीसंग रहेका ३० वटा बाख्रामध्ये आठवटा ब्याउने भएका छन् ।

“एउटा बाख्रा ९÷१० महिना पुगेपछि बेच्छौँ, एउटा बोका–खसी रु १५ देखि २० हजार मूल्यमा बिक्री हुन्छ” – टुल्कीले भनिन् । बाख्रासँगै कुखुरा, मह, भाँगो, तरकारी बेचेर पनि राम्रोे आम्दानी भएको छ । टुल्की हेफरले नेपालले दिने ‘स्वर्णीम प्रतिभा पुरस्कार’ बाट समेत गतवर्ष पुरस्कृत भएकी थिइन् ।

हेफर परियोजनाले बाख्रापालन सम्बन्धी सीप, ज्ञान र प्रविधि सिकाएपछि टुल्की जस्ता दमेकका अन्य किसानले पनि व्यावसायिक सफलता पाएका छन् । हेफरको सहयोगमा दीपज्योति युवा क्लबले दमेकमा उद्यमशीलता प्रवद्र्धनमा काम गर्दै आएको क्लबका कार्यकारी निर्देशक तेजप्रसाद शर्माले बताए ।

९ फागुन २०७३, रासस, ११।००

वि.सं.२०७३ फागुन ९ सोमवार १२:३७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...