back
NMB ad

अब गाईवस्तुलाई पनि ‘रिफ्लेक्टर’ !

Kumari bank ad

भक्तपुर । काठमाडौं–भक्तपुर छ लेन सडकको थिमि–सूर्यविनायक खण्डमा रहेका छाडा पशुलाई रातका समयमा ‘रिफ्लेक्टर’ लगाइदिने काम भएको छ ।

जिल्ला पशु सेवा कार्यालय भक्तपुर, भक्तपुर पशुकल्याण समाज, हेल्प एनिमल इन्डिया र भेट फर योर पेटको संयुक्त आयोजनामा आज थिमि चोकदेखि सूर्यविनायक चोकसम्मका छाडा गाईवस्तुको घाँटी तथा खुट्टामा रिफ्लेक्टर लगाइदिइएको हो । रिफ्लेक्टरमा बिजुली वा गाडीको प्रकाश परेपछि टल्कन्छ र गाईवस्तु सो स्थानमा रहेको थाहा हुन्छ ।

विशेषगरी राति छाडा पशुका कारण सवारी दुर्घटनामा वृद्धि हुन थालेपछि त्यसको न्यूनीकरण गर्न रिफ्लेक्टर लगाइदिइएको भक्तपुर पशुकल्याण समाजका टोली नेता डा प्रणवराज जोशीले बताए ।

पहिलो चरणको कार्यक्रम अन्तर्गत ३५ गाईवस्तुलाई रिफ्लेक्टर लगाइएको छ । सो काम प्रभावकारी भएमा छिट्टै जिल्लाका अन्य स्थानका छाडा पशुमा समेत लगाइदिने योजना छ । छ लेन सडकको लोकन्थली–सूर्यविनायक खण्डमा छाडा गाईवस्तुका कारण दैनिक सवारी दुर्घटना हुने गरेको महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीले जनाएको छ ।

५ असार २०७३, ११.००

वि.सं.२०७३ असार ५ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...