back
NMB ad

अन्नपूर्ण केबलकार स्थानीयवासीको १० प्रतिशत सेयरमा बन्ने, डेढ वर्षभित्र काम सम्पन्न गरिने

Kumari bank ad

काठमाण्डौं । अन्नपुर्ण केबलकार प्रालिले पर्यटकीय स्थल साराङकोटलाई लक्षित गर्दै ८० करोडको लागतमा निमार्ण गर्न लागेको केबलकारमा स्थानीयबासीको १० प्रतिशत सेयर लगानी हुने भएकोछ । पोखरा–सराङकोट क्षेत्रमा बन्न लागेको उक्त केबलकारको हिजो बुधबार शिलान्यास गरिएकोछ । केबलकार डेढवर्षभित्र सम्पन्न हुने लक्ष्य लिइएकोछ ।

अन्नपुर्ण केबलकार प्रालिले निमार्ण गर्न लागेको उक्त केलबरकारमा सर्वसाधारणको १० प्रतिशत सेयर लगानी बाहेक नेपाली व्यवसायी समूहको ७५, जापानी समूहको १५ प्रतिशत लगानी रहनेछ ।

पोखरा २६ सेदीबगर देखि पोखरा २६ सराङकोट भुमरेगैरासम्म २ दशमलव २ किलोमिटर लम्बाइ रहने केबलकारका १३ वटा टावर रहने छन् भने पहिलो चरणमा ८ जना यात्रु बस्न सक्ने १७ वटा डब्बा संचालनमा आउने बताइएकोछ ।

७ देखि ९ मिनेटसम्मको केबलकारको यात्रामा हिमाल, ताल र पोखराको उत्कृष्ट दृश्यावलोकन हुने भएकाले पर्यटकका लागि नयाँ गन्तब्य बन्ने कम्पनीका अध्यक्ष कालु गुरुले बताएका छन् । केबलकारको यात्रामार्फत एकैपटक फेवाताल, शान्ति स्तूपा, हिमश्रृंखला र पोखराबजारसँगै आसपासका स्थान अवलोकन गर्न सकिनेछ । यात्राकै बेलामा यात्रुले केबलकारको डिब्बाबाटै सूर्यौदय र सूर्यास्त सहज रुपमा देख्न सकिने अध्यक्ष गुरुङले बताए ।

३० मंसिर २०७३, ११।३०

वि.सं.२०७३ मंसिर ३० बिहीवार १७:२६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...