back
NMB ad

सेभेन समिट र ट्रेकिङ क्याम्पबाट १८ जनाले गरे अन्नपूर्णको सफल आरोहण

Kumari bank ad

काठमाडौँ, १९ वैशाख । यस बर्षको वसन्तऋतुमा आठ हजार मिटरमाथिको पहिलो आरोहण सफल भएको छ ।

यो मौसमको पहिलोपटक आज आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल दुई भिन्न समूह (टिम) का १४ विदेशी आरोहीले सफल आरोहण गरेका छन् भने उनीहरुसँगै १८ जना नेपाली शेर्पाहरुले पनि आरोहण गरेका छन् ।

पर्यटन विभागको पर्वतारोहण शाखाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार आरोहण गर्नेमध्ये सेभेन समिट ट्रेक प्रालिबाट गएका ११ जना विदेशी र १६ जना शेर्पा छन् ।

त्यस्तै, ट्रेकिङ क्याम्प प्रालिबाट गएको समूहका तीन विदेशी र दुई शेर्पाले सफल आरोहण गरेका छन् । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये कान्छो हिमाल हो । सर्वोच्च शिखर सगरमाथा (८, ८४८ मिटर अग्लो) पहिलो मानिन्छ ।

यही मौसममा यसअघि टुकुचे (६,९२०) र आमडब्लम (६,८१४) मिटर अग्लो हिमालको पनि सफल आरोहण भएको विभागले जनाएको छ ।

विभागको पर्वतारोहण शाखाको तथ्याङ्कअनुसार यो मौसममा अहिलेसम्म ९७ समूहका ७३० आरोही सगरमाथासहितका हिमाल आरोहणका लागि गएका छन् । तीमध्ये सगरमाथामा मात्रै ३४ समूहका २९९ आरोही गएका छन् ।

वि.सं.२०७३ वैशाख २० सोमवार ०६:४१ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...