back
NMB ad

अन्नपूर्ण घुम्न आउनेमा तेस्रो मुलुककै पर्यटक बढी

Kumari bank ad

मुस्ताङ । विश्व प्रसिद्ध राउण्ड अन्नपूर्ण पदमार्ग घुम्न आउने पर्यटकमा तेस्रो मुलुकका नागरिक बढी रहेका छन् । म्याग्दी, मुस्ताङ, मनाङ, कास्की र लमजुङ जिल्लाका ५७ गाविस फैलिएको पदमार्गमा सार्क राष्ट्रभन्दा तेस्रो मुलुककै नागरिक बढी देखिएको हो ।

सन् २०१५ मा ६९ हजार ९४ जना तेस्रो मुलुकका पर्यटक आउँदा १० हजार २२५ मात्रै सार्क राष्ट्रका पर्यटक भित्रिए को अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । त्यस्तै सन् २०१४ मा एक लाख नौ हजार तेस्रो मुलुकबाट पर्यटक आएका थिए भने २० हजार २३३ सार्क राष्ट्रका रहेको एक्यापका केन्द्रीय पर्यटन अधिकृत रेश्मी आचार्यले जानकारी दिए ।

“सार्क राष्ट्रमध्ये भारतीय नागरिक सबैभन्दा धेरै देखिएका छन् । मुस्ताङको मुक्तिनाथ र कागबेनीमा उनीहरू धेरै पुग्ने गरेको पाइएको छ” – उनले भने । दर्जनाँै हिमशृङ्खला, उच्च हिमाली क्षेत्रका ग्रामीण बस्ती, तिब्बती कला संस्कृतिको अध्ययन, मुस्ताङ र मनाङको फरक भू–बनोट, मुक्तिनाथ, कागबेनीलगायतका प्रसिद्ध धार्मिकस्थल जस्ता कारणले भदौ, असोज, कात्तिक, चैत, वैशाख, जेठ र असार महिनामा विश्वभरबाट यस क्षेत्रमा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने गर्दछ ।

सन् २०१५ मा जर्मनी, अस्ट्रेलिया, इजरायल, अमेरिकी नागरिक बढी भित्रिएको एक्यापको तथ्याङ्कले देखाएको छ । सुरुमा २१ दिनसम्म लाग्ने यो पदमार्ग अहिले मनाङ र मुस्ताङका अधिकांश स्थानमा समेत सडक सञ्जालको विस्तार भएका कारण सातदेखि १२ दिनमा झरेको एक्यापका प्रमुख लालप्रसाद गुरुङले जानकारी दिए ।

यस क्षेत्रको भ्रमणका लागि आउने सार्क राष्ट्रका पर्यटकले रु दुई हजार र तेस्रो मुलुकका पर्यटकले चार हजार तिर्नुपर्ने हुन्छ । मुस्ताङका १६, मनाङका १३, म्याग्दीका तीन, कास्कीका १८ र लमजुङका सात गरी ५७ गाविस समेटिएको पदमार्ग क्षेत्रमा ३०० को हाराहारीमा साना तथा ठूला होटल व्यवसाय सञ्चालनमा रहेका छन् । भूकम्प र तराई आन्दोलनका कारण सन् २०१५ मा भने पहिलेको तुलनामा करिब ५० हजार पर्यटक घटेको प्रमुख गुरुङको भनाइ छ ।

२४ माघ २०७२

वि.सं.२०७२ माघ २४ आइतवार १३:४९ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...