back
NMB ad

एनआरएन जापानका महासचिव अनुज थापा टोकियोका लागि पर्यटन दुत नियुक्त

Kumari bank ad

काठमाडौं । अध्ययनका शिलशिलामा १० वर्ष अघि जापान पुगेका धादिङका अनुज थापालाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले टोकियो जापानका लागि अवैतनिक पर्यटन दुत नियुक्त गरेको छ । थापाको कार्यकाल आगामी दुई वर्षसम्मको रहने छ ।

थापा हाल गैर आवासिय नेपालीहरुको संस्था एनआएन जापानका महासचिव छन् । जापान पर्यटन व्युरो (जेटिबी) मा ट्रावल एण्ड टुरिजममा ग्राजुएट गरेका थापाले हाल जापानमा रेस्टुरेन्ट ब्यबसाय तथा कलेजमा आबद्द छन् । अत्यन्तै मिलनसार र जुझारु थापा जापनमा रहेर नेपाली समुदायलाई आइपर्ने समस्या समाधानमा पनि अग्रणी भुमिका निर्वाह गर्दै आएका छन् ।

गैर आवासिय नेपालीहरुको नेतृत्व तहमा पुगेका उनी नेपालमा समेत व्यवसाय विस्तार गर्ने सोचाइमा रहेका छन् । उनले नेपालमा टोकियो ट्रान्समिसन एजेन्सि (टिटिए) नेपाल मार्फत करोडौको लगानी नेपाल भित्र्याएकछन् । एनआरएनको माध्यमबाट जापान सरकार र त्यहाँका जनतामाझ समेत लोकप्रिय बनेका थापाबाट नेपालको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने विश्वासका साथ नेपाल पर्यटन बोर्डले अवैतनिक पर्यटन दुत घोषणा गरेको हो ।

हाल एनआरएनको कामको शिलशिलामा अमेरिका रहेका थापाले नेपालको पर्यटन प्रबद्र्धनमा नेपाल सरकारले विश्वास गरेर दिएको जिम्मेवारीले उत्साही भएको प्रतिकृया दिँदै कुशलता पुर्वक जिम्मेवारी बहन गर्ने बताए ।
थापाले आफ्नो फेसबुक वालमा लेखेका छन्, पर्यटन ब्यबसायमा लागेको १६ बर्ष भएछ । बेलब्वाई, रिसेप्सनिस्ट, पोर्टर, ट्रेकिङ गाईड, टुर अपरेटरदेखि प्रमुख कार्यकारीसम्मको अनुभव संगालियो । जापानमा रहँदा (जेटिबी) जापान टुरिजम ब्युरोबाट दुईबर्षे अन्तराष्ट्रिय पर्यटन व्यापारको विशेष अध्ययन साथै अन्तराष्ट्रिय ब्यापार र पर्यटनमै स्नातक गरियो । जति सिकियो, जानियो पर्यटनमै भयो । उमेरको हिसाबले छोटो तर अनुभब र अध्ययनको हिसाबले लामो यो यात्रामा अर्को गहन जीम्मेवारी आएको छ ।
नेपाल सरकार, पर्यटन मन्त्रालय अन्तर्गत नेपाल पर्यटन बोर्डले मलाई टोकियो, जापानको लागि अवैतनिक पर्यटन दुतमा दुई बर्षको लागि नियूक्त गरेको खबरले असाध्य उत्साहित बनाएको छ । मेरो अध्यन, अनुभब र ज्ञानले नेपालको पर्यटन प्रबद्र्धनमा सकेको टेवा पुर्याउन मेरो हरदम कोशिस रहनेछ । मलाई हरदम साथ दिनुहुने मेरो पर्यटनको गुरू मेरा पुज्यनिय दाजु कुमार थापा (अन्जन), नेपाल पर्यटन बोर्ड लगायत साथ, समर्थन र आशिर्बाद दिनुहुने सबैमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
थापाको नियुक्ति अघिल्लो सरकारकै पालामा एक महिना अघि नै भए पनि हालै मात्र सार्वजनिक गरिएको हो ।
१० भदौ २०७३

वि.सं.२०७३ भदौ १० शुक्रवार १३:२४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...