back
NMB ad

अपहरणको नाटक गर्दै छोरा र श्रीमानसंग फिरौती माग्ने एक जोडिको कथा …

Kumari bank ad

झापा । जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै रु ३० लाख फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै । आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो ।

गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए । उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै रु १० लाख फिरौती रकम मागेका थिए । साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई “तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने रु १० लाख भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ” भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ । लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए ।

विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर रु ३० लाख पु¥याएको प्रहरीले जनाएको छ । “रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्” भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा खुलेको इप्रका, अनारमनीका प्रहरी नायब उपरीक्षक थेवेले बताए ।

उनले भने “११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार उनका श्रीमान्ले रु १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक थेवेले भने “प्रहरी र उनका श्रीमान्ले नगद रु १० लाख बबिता सुत्ने खाटमा राखेर तस्बिर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप रु पाँच लाख मागे । सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए । पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौँ ।”

गोतामे र बबिता भागेर कसैले थाह नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे । प्रहरी नायब उपरीक्षक थेवेका अनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगन्जमा बसेका थिए । “जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौँ” – थेवेले भने । बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ ।

उता गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन् । गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीसमक्ष स्वीकारेको बताइएको छ । पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ । उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेको समेत बताइएको छ ।

अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि इप्रका, अनारमनीमा राखेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

सुरेन्द्र भण्डारी (रासस)
१९ जेठ २०७४

वि.सं.२०७४ जेठ १९ शुक्रवार १६:०३ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...