back
NMB ad

किन दायर गर्यो अख्तियारले सनतकुमार बस्नेत माथि भ्रस्टाचारको मुद्धा ?

Kumari bank ad

काठमाडौँ । सशस्त्र प्रहरीका पूर्वमहानिरीक्षक सनतकुमार बस्नेतसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

 सशस्त्र प्रहरी महानिरीक्षक हुँदा सामान ढुवानीमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  उनी २०६६ वैशाखदेखि ०६८ साउनसम्म सशस्त्र प्रहरी महानिरीक्षक थिय । अख्तियारले सामान ढुवानी नगरी सञ्चालनमै नभएका ट्रान्सपोर्टहरुको झुट्ठा बिल बनाएको आरोपपत्रमा जनाएको छ ।

अख्तियारले बस्नेतसँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१ रुपैयाँ बिगोदाबी गरेको छ । अख्तियारले बस्नेतसहित थप सशस्त्र प्रहरी अधिकारीविरुद्ध पनि विदेश अदालतमा मुद्धा दायर गर्दै बिगो रकम मागेको छ ।

सशस्त्र प्रहरी निरीक्षक विनबहादुर थापासँग ९ करोड १५ लाख ८१ हजार १ सय ५१, सशस्त्र प्रहरी निरीक्षक मनुहिरा महतसँग ७३ लाख, २३ हजार ८ सय ५४, सशस्त्र प्रहरी निरीक्षक शिवबहादुर अधिकारीसँग देवेन्द्रकुमार श्रेष्ठसँग ८३ लाख ८३ हजार १ सय ३६, सशस्त्र प्रहरी नायब निरीक्षक निलबहादुर श्रेष्ठसँग १ करोड ६ लाख ६४ हजार ७ सय ३४ र सशस्त्र प्रहरी नायब निरीक्षक लेखबहादुर खत्रीसँग १ करोड ६ लाख २९ हजार ७ सय १२ रुपैयाँ बिगोदाबी गरेको छ ।

यसअघि सशस्त्रका पूर्वमहानिरीक्षकहरु कोषराज वन्त, शैलेन्द्र श्रेष्ठ र वासुदेव वलीविरुद्ध मुद्धा दायर भइसकेको छ ।

१७ फागुन २०७२ / ८:४७

 

वि.सं.२०७२ फागुन १७ सोमवार २०:५१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...