back
NMB ad

के तपाईसंग अपिको सेयर छ ? दिनेभो बोनस र हकप्रद

Kumari bank ad

काठमाडौ । अपि पावर कम्पनी लिमिटेडले २ सय प्रतिशत हकप्रद र ८ प्रतिशत बोनस वितरण गर्ने भएको छ । कम्पनीको १४ औं वार्षिक साधारणसभाले शेयरधनीहरुलाई ८ प्रतिशत बोनस शेयर कर बाहेक उपलब्ध गराउने भएको छ ।

कम्पनीले आफ्ना शेयरधनीहरुबाट १ः२ को अनुपातमा हकप्रद निष्कासन गर्ने पस्ताव समेत पारित गरेको छ । कम्पनीले हकप्रद शेयर निश्कासन गरी सिद्धकाली पावर लिमिटेडले निर्माण गर्ने त्रिशुली गल्छि आयोजना र सोलार आयोजनाहरुमा लगानी गर्ने योजना पारित गरेको छ ।

अपी पावर कम्पनी लिमिटेडले ८.५ मेगावाट क्षमताको नौगड गाढ जलविद्युत आयोजना संचालन गरिरहेको छ भने ८ मेगावाट क्षमताको अपर नौगड गाढ जलविद्युत आयोजना यही चैत्र मसान्त भित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएर कार्य गरिरहेको छ ।

कम्पनीले नेपाल विद्युत प्राधिकरणले खुल्ला टेण्डर प्रकृया बाट निष्कासन गरेको १८ मेगावाट क्षमताका ८ स्थानमा सोलार उर्जा उत्पादन गर्ने अनुमति प्राप्त गरेको छ । कम्पनीको उक्त सोलार आयोजनाहरुको विद्युत खरिद विक्रि सम्झौता हुने क्रममा रहेको छ ।

२०७४ पुष ३० गते प्रकाशित

वि.सं.२०७४ पुस ३० आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...