back
NMB ad

प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने

Kumari bank ad

पोखरा । यस वर्ष हिउँदको प्रतिकूल मौसमले मुस्ताङमा स्याउको उत्पादन घट्ने देखिएको छ ।  हिउँदको समयमा कत्ति पनि हिँउ नपर्नु, पानी नपरी तापक्रम ह्वात्तै बढ्नु र किसानले मलजल र स्याउका बोट काँटछाँट नगरेका कारण नै अहिले स्याउका बगैँंचामा निकै पातला दाना लागेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत सावित्री बरालले जानकारी दिइन् ।

दुई तीन फिट बाक्लो हिउँंको चिसोले स्याउका बोट कठ्याग्रिएपछि मात्रै स्याउको फुलफुल्न र दाना लाग्न अनुकूल पर्ने उनले बताइन् ।

जिल्लाका पाकलिङ र चिमाङका केही बगैँचामा ‘जिजिया मथ’ नामक एक प्रकारको पुतली लागेको र ती ठाउँका केही बगैँंचाका स्याउका बोट सबै सखाप भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

गत वर्ष जिल्लाका किसानले ३५०० मेट्कि टन स्याउ उत्पादन गरी त्यसको बिक्रीबाट झन्डै रु ४० करोड कमाएका थिए ।
 प्रकाशितः २०७३ जेठ ८

वि.सं.२०७३ जेठ ८ शनिवार १६:१५ मा प्रकाशित

You can share this post!

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

नौ महिनामा एनआईसी एशिया बैंकको नाफा १ अर्ब ९१ करोड, अन्य सूचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:३४

काठमाडौं । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

आज ७ बैशाख २०८१ शुक्रवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...