back
NMB ad

नेपाली सेनाका दुईतारे जर्नेल नै चलाउँछन् जुवाघर (हेर्नुहोस् भिडियोसहित)

Kumari bank ad

काठमाडौँ । नेपाली सेनाका दुईतारे जर्नेल होमकुमार लावतीकै संलग्नतामा ललितपुरको सातदोबाटोमा जुवाघर सञ्चालन भइरहेको खुलासा भएको छ । सातदोबोटो प्रहरी वृत्तको पाँचसय मिटर पेरिफेरिमा रहेको दीपावली मार्गस्थित एउटा घरमा नेपाली सेनाका कानुन विभाग प्रमुख जर्नेल लावतीले संगीता भनिने आसा लिम्बुसँग मिलेर घरानियाँ जुवाघर सञ्चालन गरेका हुन् ।lawati

जुवाघरमा दैनिक ३६ जनासम्म घरानियाँ जुवाडे पुग्ने गरेका छन् । खानपिन, हतियारसहितको बन्दोबस्तीसँगै सुरक्षित घेराभित्र सञ्चालनमा रहेको जुवाघरमा जर्नेल लावती आफ्नो गाडी बा २ झ २९४३ मै पुग्छन् र जुवाघर चलाउँछन् ।

army hom kumar lawati moter juwaghar janata tv

homkumar lawati juwagharजर्नेल लावतीले सञ्चालन गरेको जुवाघरमा प्रहरीले छापा मार्न सकेको छैन । अर्कातिर दक्षिण एसियामै पुरानो संगठन मानिने नेपाली सेनाका ९७ हजार सुरक्षाकर्मी आवद्ध संगठनकै जर्नेलले जुवाघर सञ्चालन गरेको विषय सेनामासमेत छलफल भएको छैन ।

जुवाघरमा पैसा हारे तुरुन्तै ५२ प्रतिशत ब्याजमा तत्कालै ऋण लगानी गर्ने दलालहरु पनि हुन्छन् । कागज नै गरेर ब्याज दिइन्छ ।
लावतीले जुवाघर सञ्चालन गरेका विषयमा खोजी गरेपछि यो समाचार प्रसारणमा नल्याउन सञ्चारकर्मीलाई चेतावनी आएको थियो । समाचार प्रकाशन गरे ‘ठीक नहुने’ धम्की दिइएको थियो । लावतीको जुवाघरबारे जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘बाइलाइन’ले

पर्दाफास गरेको भिडियो पूरा हेर्नुहोस्ः

https://www.youtube.com/watch?v=H5_FQ9KsfoI

प्रकाशित मितिः २०७४ असोज १०

वि.सं.२०७४ असोज १० मंगलवार ०९:०४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...