back
NMB ad

आत्तिएर सेयर बेच्न या त किन्न खोज्दैहुनुहुन्छ ? एकपटक यो पढ्ने कि !

Kumari bank ad

काठमाण्डौं । भनिन्छ सेयर बजारमा सेयर किन्नु भन्दा बेच्नु गाह्रो कुरा हो । कुन बेला सेयर किन्ने र कुन बेला बेच्ने भन्ने बारेमा अक्सर लगानीकर्ताहरुले भेऊ पाउँदैनन् ।

जब सेयर बजार उकालो लागिरहेको हुन्छ र आफुले किनेका सेयरहरुले राम्रै मूल्य पाईरहेको हुन्छ । सही बेलामा सेयर बेच्नु धेरैका लागि गाह्रो कुरा हो । भाऊ माथि चढ्दै जाँदा हामीलाई लागिरहेको हुन्छ, यो अझै माथि चढ्छ र उच्चतम बिन्दुमा पुग्छ तर त्यो उच्चतम बिन्दु कुन हो, हामी ठम्याउन सक्दैनौ । गल्ति यहिनिर हुनपुग्छ किनभने कुनै बिन्दुमा पुगेर सेयरको मूल्य फेरि ओरालो लाग्छ । हामी दर्शक मात्र बनिरहन्छौ । मूल्य तल झरेपछि चुकचुकाउनु भन्दा अर्को विकल्प हुन्न ।

सेयर बजार सधै बढिरहदैन र सधै घटि रहने पनि हुन्न । एउटा बिन्दुमा पुगेर यो स्थिर बस्ने र ओरालो लाग्ने हुन्छ र फेरि तलको कुनै बिन्दुमा पुगेर माथि चढ्न थाल्छ । विभिन्न पक्षहरुले यसलाई असर पारेको हुन्छ । क्यानाडेली सेयर बजारका रणनीतिकार बब गोरम्यान भन्छन् – यदि तपाईले सेयर किन्नुभयो र त्यसलाई नबेची होल्ड गर्नुभयो भने तपाईले बदलिदो आर्थिक बाताबरणबाट लाभ उठाउँन सक्नुहुन्न । तर लामो समयको लागि सेयर किन्नु भएको छ भने नबेची राख्दा पनि फरक नपर्ने कुरामा नअल्मलिनुहोस् ।

गोरम्यानले उनका लगानीकर्ताहरुका लागि तीन देखि पाँच बर्षसम्मका लागि सेयरहरु किन्थे र फाईदा आएको अबस्थामा बेच्ने मौका पनि हेरिरहन्थे । तपाईले किन्नु भएको सेयरको भाऊ अझै किन्न लायक छ कि छैन भनेर हेर्नुहोस् । नियमित रुपमा आफ्नो सेयरहरुको मूल्य तौलनुहोस् । तपाईले सस्तोमा सेयर किन्नु भएको थियो र बजार नाटकीय रुपमा माथि गयो भने बेचेर बाहिर निस्कन पनि सक्नुहुन्छ, त्यसो गर्नु भएन भने त्यसैमा झुण्डिरहने न हो । छोटो समयका लागि लगानी गर्नेहरु भने यस्तो बेलामा सेयर बेचेर नाफा सुरक्षित गर्ने गर्छन ।

कतिपय लगानीकर्ताहरुले १०/१५ बर्षका लागि दीर्घकालीन हिसावले सेयर किनेका हुनसक्छन् । उनीहरुले कहिल्यै सेयर बेच्दैनन् तर यस अवधिमा कयौं पटक बजार उकालो लागेर क्र्यासको अबस्थामा झरेको हुनसक्छ । त्यसपछि ती लगानीकर्तामा आफरी ताफरीको अबस्था उत्पन्न हुनसक्छ, निराशा बढाउनसक्छ र अब मूल्य अरु घट्ला भन्ने डरले पहिले बढेर उच्चतम बिन्दुमा पुगेको भन्दा आधा मूल्य कममा सेयर बेचेर बाहिरिन खोज्छन् ।

तपाईले अल्पकालीन वा दीर्घकालीन हिसावले बजारमा लगानी गर्नुभएको छ भने पनि नाफा सुरक्षित गर्ने सजिलो उपाय छ । तपाईका सबै सेयरहरुलाई तीन भागमा बाड्नुहोस् । पहिलो ३३ प्रतिशत सेयर कमजोर कम्पनीका र भबिष्यमा बढी प्रतिफल नदिने खालका भए झन् राम्रो । सेयर बजार तल झर्न थाल्दा सबैभन्दा पहिले घट्ने र धेरै मूल्य घट्ने कम्पनीहरु भनेका कमजोर कम्पनीहरु नै हुन् । अब तपाईले तीन तहको सेयर बेच्ने लक्ष्य किटानी गर्नुहोस् । सेयर मूल्य माथि चढ्दै जाँदा पहिलो लक्ष्य हासिल भएपछि पहिलो भागमा परेका सेयरहरु बेच्नुहोस् र नाफा सुरक्षित गर्नुहोस् । जब दोस्रो लक्ष्य पनि हासिल हुन्छ, दोस्रो भाग सेयर पनि बेच्नुहोस् । तेस्रो भाग चाँही राखि राख्नुहोस् जसमा कहिल्यै नबेचे पनि हुने खालका अति सुरक्षित मानिएका र ढुक्कको प्रतिफल दिने खालका सेयरहरु होस् ।

यो गाह्रो प्रश्न हो, जुन तपाई सेयर बजारबाट के चाहनुहुन्छ र तपाईको समय सीमा कति हो भन्ने कुरामा निर्भर हुन्छ । मानौ तपाईको समय सीमा एक देखि तीन महिना हो भने पहिलो लक्ष्य २५ प्रतिशतले शेयर मूल्य बढ्दासम्म कुर्नुहोस् । दोस्रो लक्ष्यका लागि शेयर मूल्य ५० प्रतिशतले बढेपछि सेयर बेच्नुहोस् र तेस्रो भाग सेयर आफैसंग राख्नुहोस् । अब तपाईको समयसिमा एक बर्षदेखि तीन बर्षसम्मका लागि हो भने माथिको तुलनामा दोब्बर लक्ष्य किटानी गरे पनि हुन्छ । सेयर किन्नुभन्दा बेच्नु गाह्रो कुरा हो भनेर मान्नेहरुका लागि सेयर बेच्ने यी सामान्य तरिकाहरु हुन् यसबाहेक तपाईले आफ्नै मौलिक रणनीति पनि बनाउन सक्नुहुन्छ ।

सेयर बजार बढेको बेला तपाईलाई पोर्टफोलियो परिवर्तन गर्ने उत्तम अबसर पनि हो । नराम्रा तर मूल्य बढेका कम्पनीका सेयर बेची राम्रा र भबिष्यमा राम्रो प्रतिफल दिने कम्पनीको सेयर किन्ने । तर मूल्य बेस्सरी उचालिएको बेलामा राम्रा कम्पनीका सेयर किन्नुभयो भने पनि सोचे जति फाईदा नहुनसक्छ त्यसैले बजार तल झर्दासम्म पर्खनुहोस् ।

अमेरिकी ईक्विटी रणनीतिकार साभ स्टोभल भन्छन् –मानिसहरुमा गलत सोचाई छ कि बजार सच्चिनु खराब पक्ष हो । उनीहरु शेयर बेचेर बाहिर निस्कन्छन् तर बजार सच्चिएर फर्किदा किन्न चुक्छन् । साभ अगाडि भन्छन् –बजार यही समयमा चढ्छ र झर्छ भनेर समय तोक्ने प्रयास नगर्नुहोस् । मानिसहरु कहिले बजारबाट निस्कने भनेर सही निर्णय त गर्न सक्छन् तर धेरैले फेरि कहिले प्रबेश गर्ने भन्ने बारेमा बिरलै सही निर्णय गर्छन् । मानिसहरु सोच्ने गर्छन कि जब बजार तल भर्न थाल्छ, तब शेयर बेच्ने हो र जब बढ्न थाल्छ तब किन्ने हो । तर यसमा समस्या यही छ कि बजार कहिले माथि र तल जान्छ भनेर भबिष्यबाणी गर्न असंभव छ ।

५ भदौ २०७३, ११.००

वि.सं.२०७३ भदौ ५ आइतवार १३:१५ मा प्रकाशित

You can share this post!

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

निसीखोला दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो   

वि.सं.२०८० चैत ६ मंगलवार १२:४३

डम्मर बुढा मगर ढोरपाटन (बागलुङ), ६ चैतः “सोमबार दिउँसो १२...

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

प्रतिनिधिसभा बैठक शुरु, प्रधानमन्त्रीले जवाफ दिने   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३८

काठमाडौँ, ६ चैतः प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ ।...

किसानलाई पशु बीमा गर्न कठिन   

किसानलाई पशु बीमा गर्न कठिन   

वि.सं.२०८० चैत ६ मंगलवार १२:३३

गल्याङ (स्याङ्जा), ६ चैत: स्याङ्जाको वालिङ नगरपालिकाअन्तर्गतका किसानले पशु बीमा...

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

सर्वोत्तम सिमेन्टको सेयरमा सकरात्मक सर्किट, प्रतिकित्ता कति बढ्यो ?

वि.सं.२०८० चैत ६ मंगलवार ११:३९

काठमाडौं । कारोबार भएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमा...

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

चालीस करोडको राजस्व छली, ७९ करोड मागदाबीसहित मुद्दा   

वि.सं.२०८० चैत ६ मंगलवार ११:३२

काठमाडौँ, ६ चैत : राजस्व अनुसन्धान विभागले भन्सार छली गरी...

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

दुर्घटनाका घाइतेको उपचारको गर्न सरकारलाई अध्यक्ष ओलीको आग्रह   

वि.सं.२०८० चैत ६ मंगलवार ११:२६

काठमाडौँ, ६ चैतः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा...