काठमाडौ । अरुण भ्याली हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । लाभांश दिने प्रस्ताव कम्पनीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा पेस गर्दैछ ।
साधारण सभा गर्न कम्पनीले भदौ ९ देखि १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । अतः बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा नयाँ लगानीकर्ताले भदौ ८ गतेभित्रै कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।
प्रकाशित मितिः २०७४ भदौ १
वि.सं.२०७४ भदौ १ बिहीवार १२:११ मा प्रकाशित