back
NMB ad

अरुण हाइड्रो पावरले ल्यायो १५ लाख कित्ता सेयर !

Kumari bank ad

काठमाण्डौं । अरुण काबेली हाइड्रो पावरले स्थानीय वासिन्दाका लागि सेयर निष्कासन गरेको छ । पाँचथर र ताप्लेजुङका बासिन्दाका लागि १५ कित्ता सेयर निष्कासन गरिएको हो ।

यो १५ लाख कित्ता मध्ये पाँचथरका तीन गाविस र ताप्लेजुङ चार गाविसका बासिन्दाका लागि ६ लाख कित्ता सेयर छुट्याइएको छ । बाँकी नौ लाख कित्ता सेयर दुबै जिल्लाका स्थानीय वासिन्दाले भर्न पाउँने छन् । पाँच वर्ष स्थायी बसोबास गरेका बासिन्दाले मात्रै सेयर भर्न पाउने प्रावधान राखिएको छ ।

share

पाँचथरका आयोजना प्रभावित क्षेत्र नागी, थर्पु र अमरपुर गाविसका बासिन्दाले र ताप्लेजुङका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका बान्सिदाले ६ लाख कित्ता सेयर पाउँछन् ।

जेठ ३ देखि १७ गतेसम्म स्थानीय वासिन्दाले सेयरका लागि आवेदन दिन पाउँछन् । प्रतिकित्ता एक सय रुपैयाँको दरले न्युनतम ५० कित्ता र अधिकमत १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । सिद्धार्थ क्यापिटल यो सेयरको विक्री प्रबन्धक हो ।

लगानीकर्ताले अरुण काबेली पावर लिमिटेडको कार्यालय थापाथली, सप्तकोशी डभेलपमेन्ट बैंक फिदिम, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स रविराँके पाँचथर, फिदिम र ताप्लेजुङमा आवेदन फारम बुझाउन पाइने छ ।

कुल एक अर्ब ५० करोडको अरुण काबेली पावर लिमिटेडको यो आयोजनमा सस्थापक समूहको एक अर्ब पाँच करोड रुपैयाँ लगानी छ । १५ करोड स्थानीय वासिन्दा र बाकी ३० करोड रुपैयाँको सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

अरुण भ्याली हाइड्रो पावर समूहको प्रमुख लगानी रहेको यो आयोजनामा दुई वटा जलविद्यूत कम्पनीकै लगानी छ । गुरु प्रसाद न्यौपाने अध्यक्ष रहेको यो कम्पनीमा अरुण भ्याली हाइड्रो पावरको ३६ करोड रुपैयाँ, अपी पावरको पाँच करोड र तीन करोड ५५ लाख रुपैयाँ लगानी छ ।

२६ बैशाख २०७३, ११।००

वि.सं.२०७३ वैशाख २६ आइतवार १२:१७ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...