back
NMB ad

३० करोड माग्दा १२ अर्ब ५० करोडको आवेदन !

Kumari bank ad

काठमाण्डौ । अरुण काबेलीले सर्वसाधारणका लागि खुलाएको सेयरमा मागभन्दा ४१.६६ गुणा बढी आवेदन परेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरका साधारण सेयरका लागि माग आवेदन गरेको थियो ।

तर, सो आइपीओमा १२ अर्ब ५० करोड रुपैयाँभन्दा बढी आवेदन परेको सेयर निष्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । सिद्धार्थ क्यापिटलका अनुसार कम्पनीको सेयरमा देशभरका संकलन केन्द्रबाट १ लाख ४५ हजार बढीको आवेदन दिएका छन् ।

कम्पनीले कात्तिक १२ गतेसम्म पाँचथर र ताप्लेजुङको सीमामा पर्ने कावेली खोलाबाट ४ अर्ब रुपैयाँ खर्च गरेर २५ मेगावाटको विद्युत आयोजनाका लागि आइपीओ निष्काशन गरेको थियो । कम्पनीको सेयरमा न्यूनतम ५० कित्तादेखि अधिकतम् १५ हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

कम्पनीले निष्काशन गरेमध्ये ३ प्रतिशत कर्मचारीका लागि र ५ प्रतिशत म्युचुअल फण्डहरुका लागि छुट्याइएको थियो । यसअघि कम्पनीले पाँचथर र ताप्लेजुङका आयोजना प्रभावित स्थानीय बासिन्दालाई १५ लाख कित्ता शेयर वितरण गरिसकेको छ ।

आर्थिक बर्ष २०७३/७४ मा आयोजना सम्पन्न हुने बताइएको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १८

वि.सं.२०७३ कात्तिक १८ बिहीवार १८:३२ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...