back
NMB ad

अरुण काबेलीको नपरेको पैसा आईतबारदेखि फिर्ता हुने

Kumari bank ad

काठमाडौ । अरुण काबेलीले आइपीओ नपरेको पैसा १० गते आइतबारदेखि फिर्ता दिने भएको छ । कम्पनीले सेयर बाँडफाँटपत्र र सेयर नपरेको पैसा पुस १० गतेदेखि फिर्ता गर्ने जानकारी दिएको हो ।

लगानीकर्ताले सेयर आवेदन दिएकै केन्द्रमा गएर बाँडफाँटपत्र र पैसा फिर्ता लिन सक्नेछन् । पैसा फिर्ता लिन जाँदा दरखास्त फारमको अर्धकट्टी र नागरिकताको प्रमाणपत्रको फोटोकपी लैजानुपर्नेछ ।

आफैं जान नसक्नेले मन्जुरीनामा दिएर पठाउनुपर्नेछ । मन्जुरीनामा लिएर जानेको नागरिकताको फोटोकपी आवश्यक हुनेछ ।

कम्पनीले ३० करोड रुपैंयाको ३० लाख कित्ता आइपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो । त्यसमध्ये ३५ हजार रुपैयाँसम्मको आवेदन दिनेलाई चिठ्ठा अर्थात् गोलाप्रथा प्रणालीबाट सेयर बाँडिएको हो ।

यो समूहमा सेयर पर्ने प्रत्येकले १३ कित्ता पाएका छन् । त्यसपछि ५० हजार रूपैयाँसम्म लगानी गर्ने सबैले २.६७ प्रतिशतका दरले सेयर पाएका छन् । त्यसभन्दा माथिको आवेदन गर्नेले १.९७ प्रतिशत सेयर हात पारेका छन् ।

कात्तिक ९ देखि १२ गतेसम्म निश्किाशित उक्त प्रक्रियामा करिब ४३ गुणा बढि अर्थात् एक लाख ६६ हजार एक सय १२ जनाले १२ अर्ब ६३ करोड रुपैंया बराबरको आवेदन दिएका थिए ।

प्रकाशित मितिः २०७३ पुस ७

वि.सं.२०७३ पुस ७ बिहीवार १४:२३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...