back
NMB ad

सेयर कारोबार सहज बनाउन ल्याइएको आस्बा प्रणाली (के हो ?) बिस्तृत जान्नुस !

Kumari bank ad
लामो लाइन, घाम, पानी अनि फारम नपाइने समस्याबाट पीडित सेयरको आवेदन दिने लगानीकर्ताले अब केही राहतको सास फेर्न पाउने भएका छन्। लगानीकर्ताका यी समस्यालाई सम्वोधन गर्न धितोपत्र बोर्डले नयाँ नियम सार्वजनिक गरेको छ। यद्यपी दुर्गम क्षेत्रका लगानीकर्ताका समस्यालाई भने यो निर्देशिकाले सम्बोधन गर्न सकेको छैन। अर्कोतर्फ सेयर नपरेर हैरान लगानीकर्तालाई सेयर पर्ने अवस्थाको ग्यारेन्टी पनि यो निर्देशिकाले गर्ने छैन।
धितोपत्र (सेयर)को सार्वजनिक निश्कासनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यावस्था गर्न धितोपत्र बोर्डले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) सम्बन्धी निर्देशिका २०७३ कार्यान्वयनमा ल्याएको छ।
आगामी माघ १ गतेबाट लागू हुने भनिएको यो प्रणालीका लागि अब लगानीकर्ता तयार हुनुपर्नेछ। यो प्रणालीको कार्यान्वयन सँगै आवेदन फारम नपाइने, दिनभर लाइन लाग्नु पर्ने अवस्थाको अन्त्य हुनेमा आशा गर्न सकिन्छ तर पर्याप्त तालिमको अभावका कारण बैंकका कर्मचारीबाट पाउने दुख भने हेर्न बाँकी नै छ।
धितोपत्र बोर्डले आवेदन दिने समस्याको त समाधान खेज्यो तर यो प्रणालीले अन्य व्यक्तिको नाममा आवेदन दिने प्रचलनको अन्त्य भने गर्ने छैन। जसका लागि धितोपत्र बाँडफाँड निर्देशिकामा परिवर्तन गर्नु आवश्यक छ। बाँडफाँड तरिकालाई अझ वैज्ञानिक र पारदर्शी बनाइनु पर्छ।
बाँडफाँड निर्देशिका परिवर्तन गरिए आवेदकको सँख्या पचास प्रतिशत भन्दा बढीले घट्छ। तर बाँडफाँड निर्देशिका परिवर्तनका बारेमा बोर्ड अहिलेसम्म बोलेको छैन। बोर्डले ल्याएको नयाँ निर्देशिका बमोजिम आवेदकले धितोपत्र बोर्डले स्वीकृति दिएको तथा आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा निवेदन दिनुपर्ने हुन्छ। बोर्डले निवेदन बुझ्न स्वीकृति नदिएका बैंकमा निवेदन दिन सकिने छैन।
बोर्डले अहिले केही बैंकहरुलाई स्वीकृति दिई सकेको छ। देशभरका लगानीकर्तालाई सेयर बजारमा लगानीको अवसर प्रदान गर्न कृषि बिकास बैंक, राष्ट्रिय वाणिज्य बैंक जस्ता शाखा सन्जाल भएका बैंकलाई प्रोत्साहित गर्नुपर्छ। यदि यो नगरिए सेयर उही शहरीयाको हातमा मात्र पर्ने छ।
बोर्डले ल्याएको निर्देशिकामा भएको व्यवस्था अनुसार सेयरको आवेदन दिने, रकम रोक्का राख्ने, रकम फुकुवा गर्ने र डिम्याट खातामा सेयर आउने प्रकृया निम्न अनुसार छ।
धितोपत्र खरिदका लागि दरखास्त प्रकृया:
१. लगानीकर्ताले धितोपत्रको सार्वजनिक निश्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमतिप्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनु पर्ने हुन्छ।
२. धितोपत्रको आवेदनका लागि अनुमतिप्राप्त बैंक वा वित्तीय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र बोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपलब्ध गराउने छन।
यो निर्देशिकाको कार्यान्वयन सँगै सेयरको फारम कम्पनी वा विक्री प्रबन्धकले छाप्ने छैनन्। बैंक वा वित्तीय संस्थाले दरखास्त संकलन गर्न विद्युतीय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ। यदी अनलाइन फारम भर्ने व्यवस्था गरिएमा आवेदकले इ बैंकिङको प्रयोग समेत गर्न सक्ने छन्। जसको फाइदा विदेशमा बस्ने नेपाली समेतले लिन सक्नेछन्। जुन तत्काल कार्यान्वयमा ल्याइनु पर्छ।
३. आवेदन फारम बुझेपछि बैंक वा वित्तीय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप बोर्डले तोके बमोजिमको निस्सा (विल वा भर्पाइ)दिने छन्।
रकम रोक्का तथा दरखास्त फारम स्थानान्तरण 
धितोपत्र(सेयर) खरीदका लागि आवेदन प्राप्त गर्ने बैंक वा वित्तीय संस्थाले आवेदकको खातामा रहेको रकममध्ये दरखास्तमा माग गरे बमोजिमको धितोपत्र खरिदको लागि लाग्ने रकम धितोपत्र (सेयर)को बाँडफाँड नहुन्जेल झिक्न नपाउने गरी तत्काल रोक्का राख्ने छ। दरखास्त संकलन गर्ने समय सकिएपछि दरखास्त संकलनको विवरण निष्कासन तथा बिक्री प्रबन्धक कहाँ पठाउने छ।
दरखास्त रद्द
आवेदकले दिएको सेयर खरिद सम्बन्धि आवेदन रद्द पनि हुन सक्ने छ। निष्कासन तथा बिक्री प्रबन्धकले देहायको अवस्थामा दरखास्त रद्द गर्नेछः
१. एउटै लगानीकर्ताको नाममा एकभन्दा बढी दरखास्त दर्ता हुन आएको कुरा प्रमाणित भएमा
२. दरखास्त फारममा गलत विवरण भरेको वा उल्लेख गर्नु पर्ने सम्पूर्ण विवरण उल्लेख नगरेको वा भरेको नपाइएमा
३. धितोपत्र खरिदको लागि दरखास्त दिंदाको अवस्थामा वा दरखास्त दिईसकेपछि खरिद गरेको धितोपत्र बापतको रकम भुक्तानी नहुँदै प्रचलित कानून बमोजिम अधिकार प्राप्त अधिकारी वा निकायबाट लगानीकर्ताको खाता रोक्का राख्ने आदेश प्राप्त भएमा।
यदि दरखास्त रद्द भएमा रद्द गरिएको जानकारी सम्बन्धित लगानीकर्तालाई गराई धितोपत्र खरिदको प्रयोजनको लागि रोक्का राखिएको निजको खाताको रकम तुरुन्तै फुकुवा गरिदिनु पर्ने व्यवस्था गरिएको छ।
सेयर बाँडफाँडको जानकारी 
धितोपत्र बाँडफाँड निर्देशिका २०६८ अनुसार धितोपत्रको बाँडफाँड सम्पन्न भएपछि बाँडफाँड भएको जानकारी सम्बन्धित लगानीकर्तालाई एकमुष्ठ वा व्यक्तिगत रुपमा गराइने छ।
धितोपत्रको बाँडफाँडको जानकारी वेबसाईट मार्फत दिनु पर्ने व्यवस्था गरिएको छ। यस अघि पत्रिका मार्फत सेयर बाँडफाँडको जानकारी दिने गरेका कम्पनीले अव पत्रिकामा सुचना निकाल्ने छैनन्। तर सेयर बाँडफाँडको जानकारी लगानीकर्ताले दरखास्त फारममा उल्लेख गरेको इमेल ठेगानामा वा मोबाइल नम्बरमा एसएमएस पठाएर पनि गराउन सकिने निर्देशिकामा उल्लेख छ।
रकम स्थानान्तरण 
निष्कासन तथा बिक्री प्रबन्धकले धितोपत्रको बाँडफाँड गर्ने कार्य सम्पन्न भएको भोलिपल्ट प्रत्येक लगानीकर्ताले प्राप्त गरेको धितोपत्रको संख्या बमोजिमको रकम त्यस्तो लगानीकर्ताको खाताबाट तीन कार्य दिनभित्र निष्कासन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरिदिन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई सूचना पठाउने छन्।
 यसरी सूचना प्राप्त भएको तीन कार्य दिनभित्र सम्बन्धित बैंक वा वित्तीय संस्थाले आवेदकको रोक्का राखेको रकममध्ये सम्बन्धित लगानीकर्तालाई बाँडफाँडमा परेको धितोपत्र बापतको रकम निष्कासन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरी दिनु पर्ने हुन्छ।
आफ्नो खातामा रकम जम्मा भएको दुई कार्य दिनभित्र निष्कासन तथा बिक्री प्रबन्धकले धितोपत्र निष्कासनकर्ता (सेयर जारी गर्ने) कम्पनीको खातामा त्यस्तो रकम जम्मा गरिदिनु पर्छ।
डिम्याट खातामा सेयर जम्मा
धितोपत्र निष्कासनकर्ता कम्पनीको खातामा रकम जम्मा भएको सात कार्य दिनभित्र निष्कासन तथा बिक्री प्रबन्धकले बाँडफाँड भएको अभौतिकृत धितोपत्र सम्बन्धित लगानीकर्ताको हितग्राही (डिम्याट) खातामा जम्मा गर्नु पर्नेव्यवस्था गरिएको छ।
खाता फुकुवा 
धितोपत्रको बाँडफाँट भएको भोलिपल्ट निश्कासन तथा बिक्री प्रवन्धकले आवेदकले आवेदन दिएको बैंक तथा वित्तिय संस्थालाई जानकारी दिने छ। यसरी जानकारी दिएको बढीमा तीन कार्य दिनभित्र सेयर नपर्ने आवेदकको रोक्का रकम फुकुवा गर्नु पर्ने हुन्छ।
सेयर पर्ने आवेदकको भने बाँडफाँडमा परेको धितोपत्र वापतको रकम निष्कासन तथा बिक्री प्रबन्धकको खातामा स्थानान्तरण (ट्रान्सफर) गरेपछि बाँकी रकम फुकुवा हुनेछ ।
सेवा शुल्क 
अवेदकले आफ्नो खाता रहेको बैंक तथा वित्तिय संस्था मार्फत निवेदन दिदा खाता रोक्का वापत शुल्क बुझाउनु पर्ने छ । यस अघि जस्तो आवेदन निशुल्क हुने छैन । तर यो शुल्क घटाइनु पर्छ। सेयर नपर्नेका लागि यो अत्यन्तै महंगो सावित हुने छ।
बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बापत ५० हजार रुपैयाँसम्मको दरखास्तमा बढीमा १०० रुपैयाँ र सो भन्दा बढी रकमको दरखास्तमा बढीमा २५० रुपैयाँ सेवा शुल्क लाग्ने छ ।
बैंक वा वित्तीय संस्थाले लगानीकर्ताबाट लिएको कूल सेवा शुल्कको पन्ध्र प्रतिशतले हुन आउनेरकम निष्कासन तथा बिक्री प्रबन्धकलाई र तीन प्रतिशतले हुन आउने रकम बोर्डलाई धितोपत्र बिक्री बन्द भएको मितिले एक महिनाभित्र बुझाउनु पर्ने हुन्छ।
आस्बापछि यस्तो हुनेछ सेयरको आवेदन
– रबिन्द्र भट्टराई, सेयर बजार विश्लेषक 
१२ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस १२ मंगलवार ०९:३२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...