back
NMB ad

छक्का पन्जाले हात पार्यो उत्कृष्ट चलचित्रको अवार्ड,अरु कसले के पाए ?

Kumari bank ad

काठमाडौ । राष्ट्रिय चलचित्र विकास बोर्ड (एनएफडिसी)ले आयोजना गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कारको पाँचौ संस्करणमा दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र छक्का पन्जाले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । छक्का पन्जा चलचित्रबाट प्रियंका कार्कीले उत्कृष्ट नायिकाको अवार्ड हात पारिन् ।

सबैभन्दा बढी १५ विधामा मनोनयनमा परेको चलचित्र छक्का पन्जाले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट नायिका र उत्कृष्ट हाँस्यकलाकारको अवार्ड पाएको छ । रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र पुरानो डुङ्गा ९ विधामा मनोनित हुँदै उत्कृष्ट संगीतकार, उत्कृष्ट छायाँकार, उत्कृष्ट पटकथा, उत्कृष्ट सह–अभिनेत्री र उत्कृष्ट सह–अभिनेताको अवार्ड हात पा¥यो । ११ विधामा मनोनयन भएको चलचित्र जात्राले उत्कृष्ट अभिनेतासमेत सम्पादन र पुनः ध्वनी सम्पादनमा समेत उत्कृष्ट ठहरियो ।

चलचित्र पुरस्कार वितरण समारोहमा मनिषा कोइराला प्रमुख अतिथि रहेकी थिइन् । समारोहमा चलचित्र विभिन्न २१ विधामा र चलचित्रको क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । चलचित्र पत्रकारितामा योगदान पु¥याएबापत कान्तिपुर दैनिकका सुशील पौडेललाई ‘पुष्कर सर्वोत्कृष्ट चलचित्र पत्रकारिता पुरस्कार’ प्रदान गरियो ।

त्यस्तै छक्का पन्जाले ‘कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायिक चलचित्र’को पुरस्कार हात पा¥यो भने चलचित्र डाइङ क्यान्डलले ‘मह जुरी राष्ट्रिय पुरस्कार’ प्राप्त गर्‍यो ।

एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७३ कसले के पाए ?

हिरा सर्वोत्कृष्ट चलचित्र– छक्का पन्जा
प्रकाश सर्वोत्कृष्ट निर्देशक– दीपाश्री निरौला, छक्का पन्जा
शिव सर्वोत्कृष्ट अभिनेता– विपिन कार्की, जात्रा
भुवन सर्वोत्कृष्ट अभिनेत्री– प्रियंका कार्की, छक्का पन्जा
नीर सर्वोत्कृष्ट सह–अभिनेता– माउत्से गुरुङ, पुरानो डुङ्गा
वसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री– मेनुका प्रधान, पुरानो डुङ्गा
विश्व सर्वोत्कृष्ट नवअभिनेता– आयुस्मान देसराज जोशी, चपली हाइट २
चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री– सृष्टि श्रेष्ठ, गाजलु
गोपालराज सर्वोत्कृष्ट हास्यकलाकार– केदार घिमिरे, छक्का पन्जा
चेतन सर्वोत्कृष्ट पटकथा लेखक– रामबाबु गुरुङ र उपेन्द्र सुब्बा– पुरानो डुङ्गा
मञ्जु सर्वोत्कृष्ट छायाँकार– सैलेन्दै डी। कार्की, पुरानो डुङ्गा
तुलसी सर्वोत्कृष्ट सम्पादक– मित्र गुरुङ, जात्रा
शम्भुजीत सर्वोत्कृष्ट संगीतकार– काली प्रसाद बाँस्कोटा, निर जहिले रिसाउने ९पुरानो डुंगा०
उदित सर्वोत्कृष्ट पाश्र्व गायन– मीना निरौला, ठमेल बजार, लूट २
वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक– विक्रम स्वाँर, ठमेल बजार , लूट २
भुटानी सर्वोत्कृष्ट द्वन्द् निर्देशक– रोशन श्रेष्ठ, किङ्ग प्रदीप सर्वोत्कृष्ट पुनः ध्वनी सम्पादन पुरस्कार –मनोजराज भण्डारी, जात्रा शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत– ईमान विक्रम शाह, चपली हाईट–२

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १४:२० मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...