back
NMB ad

हेर्नुहोस्, करिब ४ लाख ७० हजार पर्ने बजाज डोमिनार–४०० मा के छ त्यस्तो ?

Kumari bank ad

काठमाण्डौं । बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले अल न्यू बजाज डोमिनर ४०० बाइक सार्वजनिक गरेको छ । स्पोर्टी र बहुप्रतिक्षित डोमिनार अतुलनियम मुल्य रु.४,६९,९०० मा किन्न सकिन्छ ।

नयाँ डोमिनार ४०० ले रोमाञ्चक अनुभव प्रदान गर्नेछ, जून अन्य मोटरसाइकल भन्दा अत्यन्तै पृथक छ । यो मोटरसाइकलको प्रमुख पक्ष र ह्दय भनेको यसको इन्जिन हो । यसमा आधुनिक चेसिस इन्जिनियरिंगका साथमा ३७३.३ सीसीको ट्रिपल स्पार्क डिटिएसआई इन्जिन छ, जसले गर्दा डोमिनार ४०० मोटरसाइकलल चालक केटाहरु भन्दा फरक वयस्क पुरुष देखिन्छन् ।

यसमा ६ स्पीड गियरबक्स र स्लीपर क्लच राखिएको छ भने १४८ किलोमिटर प्रतिघण्टाको उच्च गति प्रदान गर्दछ । डोमिनार ४०० ले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति केबल ८.२३ सेकेण्डमा नै तय गर्न सक्दछ भने केबल ४६.१९ मिटरमा १०० किलोमिटर प्रतिघण्टाबाट शुन्यमा ब्रेकिंग गर्न सकिन्छ, जसले यसलाई माथिल्लो तहको कार्यक्षमता प्रदान गर्दछ । यसमा भएको एडभान्स लिक्विड कुलिंग सिस्टमले इन्जिनको कार्यक्षमतालाई निरन्तरता दिँदै लामो यात्राको लागि सहजबनाउँछ । साधारण अर्थमा यो बजाज कम्पनीले उत्पादन गरेका सबै मोटरसाइकल भन्दा झनै एडभान्स मोटरसाइकल हो ।

यसमा रहेको ३२० एमएमको फ्रन्टमा रहेको डिस्क र २३० एमएमको रियर डिस्कका साथमा ड्यूल च्यानल एबीएस(एन्टि लक ब्रेकिंग सिस्टम)ले ब्रेकिंगलाई सुरक्षित बनाएको छ । यो बाइकमा ११०÷७० सेक्सन टायर फ्रन्टमा र १५०÷६० सेक्सन टायर रियरका साथमा १७ इन्चको एलोए ह्विल राखिएको छ । डोमिनार ४०० पेरिमिटर ससक्त फ्रेमका साथै कन्टाउर प्रेस्ड स्टील स्वींगआमले ससक्त यात्राको अनुभूती दिन्छ । यसको फ्रन्टमा ४३ एमएमको टेलिस्कोपिक फर्क र मल्टि स्टेप एडजस्टेबल मोनो सक राखिएको छ । डोमिनार ४०० मा यस बाइकको श्रेणीमा फूल एलईडी हेडल्याम्पका साथै अटोमेटिक हेडल्याम्प अन विशेषता रहेको छ, जसले यूनिक र प्याटेन्टेड प्रविधिको सहकार्यले स्तरीय कार्य दक्षता दिन्छ ।

शानदार आकार र अवस्थिती गर्दै बजाज डोमिनारको लम्बाई २१५६ एमएम, चौंडाई ८१३ एमएम तथा १११२ एमएमको उचाई प्रदर्शीत गरिरहेको छ । यो बाइकमा १४५३ एमएमको ह्वीलबेस छ भने यसको ग्राउण्ड क्लियरेनस १५७ एमएम रहेको छ । यसका साथै बाइकको इन्धन ट्यांकको क्षमता १३ लिटरको छ भने यसको कुलतौल १८२ केजी रहेको छ । आरामदायक ह्याडलिंग, डाइनामिक स्थिरता, र चट्टान जस्तो दृढताका साथ डोमिनार ४०० ल ेयसलाई इन्जिनियरिंग आश्र्चायता प्रतिबिम्बित गर्दछ । यसको मुलसिद्धान्त भनेको डोमिनार ४०० ले यात्रालाई शक्तिशाली क्रुजमा परिवर्तन गर्दछ । डोमिनार ४०० नेपालभरका बजाजका शोरुमहरुमा उपलब्ध रहेको छ ।

६ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत ६ आइतवार १३:१३ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...