काठमाण्डौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले हिजो आइतबार साँझ राजधानीमा बजाज भि–१५ मोटरसाइकल सार्वजनिक गरेको छ ।
डिटिएस–आई टेक्नोलोजीमा बनेको यो मोटरसाइकलको क्षमता १५० सिसी छ भने मोटरसाइकल अत्यन्त आकर्षक पनि छ । बजाज भि–१५मा मोटर साइकलमा सडकमा आइपर्ने चुनौतिका सामना गर्न चाहिने एक्स्ट्रा ग्रीपका लागि फराकिलो टायर, सिटलाई सिंगल र डबल बनाउन मिल्ने फरक सुविधा, चलाउँदा उत्कृष्ट व्यालेन्स, बलियो मेटलको प्रयोग र आकर्षक मोडल रहेको जानकारी कम्पनीले दिएको छ ।
यो बाइकको मूल्य दुई लाख चार हजार नौं सय रुपैयाँ तोकिएको छ । यो बाइक दुई वटा रंगमा बजारमा उपलब्ध छ ।
२७ असार २०७३, ९।००
वि.सं.२०७३ असार २७ सोमवार १०:५८ मा प्रकाशित