back
NMB ad

केरा खेतीमा नयाँ प्रविधि,युवाको आकर्षण बढ्दो

Kumari bank ad

काठमाडौ। कृषि क्षेत्रमा विभिन्न नाममा राज्यले ठूलो लगानी गरेको छ । सोचेजस्तो प्रतिफल त प्राप्त भएन नै, एउटा केराको बीउ ल्याउँदासम्म भन्सारमा मोटो रकम घुस खुवाउनुपर्ने अवस्थाका कारण कृषकहरु पीडित बनेका छन् ।

कृषि क्षेत्रमा अनुदान, प्राविधिक सहयोगलगायतमा राज्यले पछिल्ला दिनमा राम्रै लगानी गरेको छ । त्यसमध्ये खर्च गरिएको एउटा क्षेत्र केरा पनि हो । तरपनि अहिले नेपालमा उत्पादन हुने केराले तीन महिना पनि स्वदेशी बजार धान्दैन ।

केरा कृषक आफ्नै मिहिनेतबाट नयाँ–नयाँ प्रविधि र राम्रो प्रतिफल दिने केराको बीउ खोजिरहेका छन् । राज्य संयन्त्र सहयोगी नबन्दा दुःख खेप्नु, व्यहोर्नुपरेको गुनासो कृषकको छ । कैलाली, टीकापुर केरा उत्पादनका दृष्टिले निकै महत्वपूर्ण मानिन्छ । सयौं बिघा जमिनमा केराखेती गरिएको यहाँ राज्यले भने खासै सहयोग नगरेको उनीहरु बताउँछन् ।

३० वर्षदेखि टीकापुरमा केराखेती गरिरहेका कृषक रामबहादुर कुँवर पछिल्ला नयाँ प्रविधिबाट खेती गर्न सके ५० प्रतिशत बढी नाफा हुने बताउँछन् । आफ्नै लगानीमा नयाँ तथ्य पत्ता लगाइ नयाँ केराको बीउ ल्याएर थोपा सिँचाइमार्फत् केराखेती गरिरहेका कुँवर केराको बीउ ल्याउँदा पनि भन्सारमा घुस खुवाउनुपरेको गुनासो गर्छन् ।

थोपा सिँचाइ प्रविधि र जी नाइन केरालाई राज्यले स्वीकृति दिए केरा खेतीतर्फ कृषकको थप आकर्षण बढ्ने उनको विश्वास छ । युवा कृषक खेमबहादुर विकले पनि अहिले नयाँ प्रविधिबाट केराखेती गरेका छन् । परम्परागतभन्दा थोपा सिँचाइ प्रणालीबाट केराखेती गर्दा झन्डै ७० प्रतिशत लागत कम हुने भनाइ उनको छ ।

यो प्रविधिबाट तराईमामात्र होइन, पहाडमा पनि केराखेती गर्न सकिन्छ । केराको टिस्यू कल्चरलाई एउटा बिरुवादेखि अर्कोको दूरी ४ फिट कायम गरी मेसिनबाटै केराखेती गर्न सकिन्छ । यो प्रविधिमा केराको हरेक बोटमा पाइपमार्फत् फर्टिकल्चर र पानी हालिन्छ । कृषि आयाम संयोजक कुलप्रसाद तिवारी नेपालमा भित्रिएको एक वर्ष पनि नभएको यस प्रविधिबाट खेती गर्दा ५० प्रतिशतभन्दा बढी लागत कम हुने बताउँछन् । राज्यले व्यावसायिकरुपमा केराखेती गर्न सघाउने नीति बनाउँदै लगेको उनको भनाइ छ । न्यूजएग्रोबाट

प्रकाशित मितिः२०७४ भदौ २१

वि.सं.२०७४ भदौ २१ बुधवार १५:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...