back
NMB ad

नेपालमै आइपुग्यो केरा पकाउने विद्युतीय मेसिन

Kumari bank ad

बर्दिया । गाउँघरमा काँचो केरालाई प्राकृतिक रूपले पकाउने गरिन्छ भने व्यावसायिक क्षेत्रमा भने विभिन्न रासायनिक पदार्थको प्रयोग गरिन्छ । रासायनिक पदार्थ प्रयोग गरी पकाइएको केरा स्वास्थ्यको लागि राम्रो मानिँदैन । तर, अब काँचो केरा पकाउन ‘राइपनिङ च्याम्बर’ को स्थापना भएको छ ।

बर्दियामा केरा पकाउने राइपनिङ च्याम्बर स्थापना गरिएको हो । केरा खेतीमा कृषकको आकर्षण बढेसँगै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लक सञ्चालक समिति गुलरियाले विद्युतीय केरा पकाउने च्याम्बरको स्थापना गरेको हो ।

च्याम्बर स्थापनाले गुणस्तरीय केरा उत्पादनका साथै दिगो बजार व्यवस्थापन तथा भण्डारणमा सहज हुने बताइएको छ । ४ सय क्रेट क्षमताका तीनवटा राइपनिङ च्याम्बरमा राखेर केरा पकाउन मिल्छ ।

जिल्लामै विषादीरहित केरा पकाउने च्याम्बर स्थापना भएपछि केरामा आत्मनिर्भर बन्न र भारतवाट आयातित गुणस्तरहीन केरा रोक्न मदत पुग्ने वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले बताए ।

“हाल भारतवाट आयातित हानीकारक रसायनले जबर्जस्ती तरिकाले पकाएको केरा खाँदा क्यान्सर लगायतका रोग हुनसक्ने सम्भावना भएको कुरा जनचेतना जगाउन जरुरी छ,’ उनले भने “च्याम्बरमा विषादीरहित स्वस्थ्य केरा उत्पादन हुने भएकोले उपभोक्ता सचेत भए भारतवाट आयात हुने गुणस्तरहीन केरा स्वतः विस्थापित हुनेछ ।”

कृषकको लगानी बढेसँगै स्थापना भएको केरा पकाउने विद्युतीय च्याम्बरले जिल्लामै विषादीरहित स्वस्थ्य केरा उत्पादन हुन थालेपछि व्यवसायीका साथै स्थानीयवासी उत्साहित भएका छन ।

राइपनिङ च्याम्बरबाट ग्रेडिङ, प्याकेजिङ, स्टोरेज र राइपनिङ गर्ने काम हुने भएपछि बर्दियाका कृषकहरू बजारीकरण र केराको गुणस्तरमा समेत ध्यान दिनेछन् । यसअघि भारतबाट आउने केरासँग प्रतिस्पर्धा गर्न नसकेका कृषकहरूलाई जिल्लामा औषधि र विषादीरहित प्रविधिवाट केरा पकाउन थालिएपछि स्थानीय केराले बजार पाउने अपेक्षा गरिएको छ ।

च्याम्बर स्थापना भएपछि केराको पोस्ट हार्भेष्टमा भइरहेको १० प्रतिशत क्षतिलाई न्यूनीकरण गरी सोवापत जम्मा क्षतिको ६० प्रतिशत नोक्सान हुनवाट बचाउने हुँदा बर्दियाका समग्र कृषकलाई सहयोग पुग्ने इलम हेल्भेटासका क्षेत्रीय व्यवसाय विकास अधिकृत टेक बहादुर सिंहले बताए ।

च्याम्बरको नियमित सञ्चालनका लागि यसलाई आवश्यक पर्ने उत्पादन बढाउनुपर्ने र भारतवाट प्रक्रिया नपु¥याएर आयात गरिने केराहरूलाई नियमसंगत रोक लगाउनुपर्ने उनको भनाइ छ ।

बर्दियामा हाल ७ सय हेक्टर क्षेत्रफलमा करिव २० करोड रूपैयाँ लगानीमा केरा खेति गरिएको कृषि विकास कार्यालयले जनाएको छ । यहाँ उत्पादित केरा विभिन्न छिमेकी जिल्लामा निर्यात हुने गरे पनि खुला सिमानाका कारण भारतवाट अवैध रूपमा सस्तो मुल्यमा गुणस्तरहीन केरा भित्रीने गरेको छ ।

पहिलो पटक ५२ लाखको लागतमा केरा पकाएर पहेंलो बनाउने प्रविधि राइपनिङ च्याम्बर स्थापना भएको हो ।

जसमा कृषि विकास कार्यालयको २० लाख, संगम व्यावसायिक कृषि फार्मको ३० लाख र इलम हेल्भेटासको २ लाख गरी ५२ लाख रुपैयाँ लगानी भएको छ । यो च्याम्बर संगम व्यावसायिक कृषि फर्मले संचालनमा ल्याएको हो । तर, जिल्लाका सम्पूर्ण केरा किसानले यसको उपयोग गर्न पाउने फर्मका सञ्चालक शम्भुप्रसाद अधिकारीले बताए ।

“च्याम्बर स्थापना हुनुले बर्दियाका सम्पूर्ण केरा व्यवसायीलाई सहज भएको छ,” उनले भने, “अब उपभोक्ताले जिल्लामै विषादी रहित पहेलो केरा उपभोग गर्न पाउनेछन् ।” च्याम्बर स्थापना भए पनि बत्तीको लो भोल्टेज हुने समस्याका साथै ढुवानीको साधन नहुँदा विभिन्न जिल्लामा पु¥याउन भने समस्या भइरहेको उनको भनाइ छ ।न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ भदौ ५

वि.सं.२०७४ असोज ५ बिहीवार १६:२७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...