back
NMB ad

चोभारमा बन्दैछ सुख्खा बन्दरगाह !

Kumari bank ad

काठमाडौ । चोभारको हिमाल सिमेन्ट कारखानाको जग्गामा अब सुख्खा बन्दरगाह बन्ने भएको छ ।
लामो समयदेखि अलपत्र परेको जग्गालाई सरकारले सुख्खाबन्दरगाहको साथसाथै अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउने तयारी गरेको हो ।

नेपाल सरकारले विश्व बैंकबाट डेढ अर्ब ऋण लिएर दुई सय रोपनी क्षेत्रफलमा सुख्खाबन्दरगाह बनाउन लागेको हो । वाणिज्य मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले आगामी असारसम्म ठेक्का आह्वान गर्ने जनाएको छ ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले फुलब्राइट कन्सल्टेन्सीले निर्धारित समयमा नै विस्तृत परियोजना रिपोर्ट (डिपीआर) उपलब्ध नगराउँदा सुख्खाबन्दरगाह निर्माण कार्य केही समय ढिलाई भएको बताए । ‘फुलब्राइटलाई मे महिनाको अन्तिमसम्म सम्पूर्ण डिपीआर बुझाउन तोकेता गरिरहेका छौं’ उनले भने ‘सम्भवत असारसम्म बन्दरगाहको लागि ठेक्का आह्वान गर्छौ ।’

सरकारले काठमाडौको भृकृटीमण्डपमा रहेको प्रदर्शनी केन्द्र साँघुरो भएको भन्दै आर्थिक वर्ष २०७०÷७१ को बजेट वक्तव्यमा हिमाल सिमेन्ट कारखानाको जग्गामा अन्तराष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउने घोषणा गरेको थियो । तर, हिमाल सिमेन्ट कारखानाको बाकी रहेको २५ करोड रुपैयाँ ऋण चुक्ता नभएको भन्दै नेपाल औद्योगिक विकास निगमले जग्गा सरकारलाई हस्तान्तरण गरेन ।

सरकारले नेपाल औद्योगिक विकास निगमलाई ऋण चुक्ता गरेपछि मात्रै डिपीआरको काम अघि बढेको हो । ‘सिमेन्ट कारखानाको जग्गा सरकारको स्वामित्वमा ल्याउनमात्रै झण्डै दुई वर्ष लाग्यो,’ कार्यकारी निर्देशक बस्नेतले भने, ‘जग्गा स्वामित्वमा ल्याएपछि मात्रै डिपीआर तयार गर्न लागेका छौं ।’ सिमेन्ट कारखाना परिसरमा रहेको जग्गामा अस्थायी टहरा, पुरानो भौतिक संरचना, जग्गा सम्बन्धी विवादलाई सल्टाउँदै निर्माण कार्यलाई अघि बढाइने उनले बताए ।

सुख्या बन्दरगाहमा देशभित्र र बाहिर सामान आयात र निर्यात गर्नका लागि छुट्टाछुटै टर्मिनलको व्यवस्था गरिनेछ । आन्तरिक र बाह्य टर्मिनल हुनेछन् ।

आन्तरिक टर्मिनलबाट देशभरबाट काठमाडौ उपत्यका आउने र उपत्यका बाहिर जाने मालसमान लोड अनलोड र भण्डारण समेत गर्न मिल्ने व्यवस्था गरिनेछ । बाह्य टर्मिनलमा भने भारत तथा तेस्रो मुलुकबाट आयात गरिएका सामानलाई नेपालका सीमाक्षेत्रका भैरहवा, वीरगन्ज तथा रसुवागढी नाकाबाट सोझै चोभारमा ल्याइनेछ ।

जसको कारणले नाकामा कन्टेनर खोलेर फेरि लोड–अनलोड गर्ने झन्झटको साथै त्यसबापत लाग्ने आर्थिक भारमा समेत कमी आउने समितिले जनाएको छ । सुख्खा बन्दरगाहमा कलकत्ता, विशाखापट्टन र चीनको केरुङ र सिगात्सेबाट राजधानीका लागि ल्याइने सामान सोझै चोभारमा ल्याएर भण्डारण गर्न सकिनेछ । चोभार हुदैं फास्टट्याक समेत जोडिने भएकाले सामान ल्याउँदा हुने झमेला अन्त्य हुने विश्वास गरिएको छ ।

‘तेस्रो मुलुकबाट ल्याइएका सामान सोझै चोभारमा ल्याइनेछ, नाकामा ‘लक’ मात्र जाँच गरिनेछ,’ कार्यकारी निर्देशक बस्नेतले भने, ‘आयात गरेर ल्याइएका मालसामानको चोभारमा रहेको भन्सार तथा करेन्टाइनमेन्ट कार्यालयले मात्रै जाँच गर्नेछ ।’

उनका अनुसार बन्दरगाहमा ६ सय २५ वटा ट्रक पार्किङ गर्न मिल्नेछ । समितिका अनुसार विश्व बैंकले बाकी रहेको जग्गामा अन्तराष्ट्रिय स्तरको प्रदर्शनीस्थल बनाउन समेत सकारात्मक रहेको जनाएको छ ।

‘सुख्खाबन्दरगाहको निर्माण सुरु भएपछि मात्रै प्रदर्शनीस्थल निर्माण गर्ने बाटो खुल्नेछ,’ उनले भने । ८ सय १६ रोपनी जग्गा मध्ये झण्डै २ सय रोपनी क्षेत्रफलमा सुख्खा बन्दरगाह र बाकी रहेको जग्गामा प्रदर्शनीस्थल निर्माण गर्ने सरकारको योजना छ ।नागरिकन्यूजबाट

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १७:१० मा प्रकाशित

You can share this post!

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

जलवायु परिवर्तनले नयाँ क्षेत्रमा फैलिँदै मलेरिया, अफ्रिकामा कहिल्यै निर्मूल भएन   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:५५

लागोस (नाइजेरिया), १३ वैशाख  गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया...

जुम्लामा स्याउ फुलेर सेताम्मे   

जुम्लामा स्याउ फुलेर सेताम्मे   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:४४

जुम्ला, १३ वैशाखः यहाँका स्याउ बगैँचा सेताम्मे भएका छन् ।...

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...