back
NMB ad

विश्वकै दोस्रो अग्लो पुलबाट नेपालमै बन्जी जम्प !

Kumari bank ad

साहसिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको लगानीमा पर्वतमा मुलुककै नमुना बन्जी जम्प निर्माण सुरु गरिएको छ ।
उक्त पुल विश्वकै दोस्रो अग्लो पुल हुने दाबी गरिएको छ । पर्वत सदरमुकाम कुश्माबजार देखि छिमेकी जिल्ला बागलुङको नारायणस्थान गाविसस्थित नेपाने जोड्ने गरी कालीगण्डकीमाथि पुल निर्माण गरेर बन्जी जम्प सञ्चालन गर्ने तयारी गरिएको हो । बन्जी जम्प सञ्चालनका लागि इन्टु द वाइल्ड मल्टी प्रपोज प्रालिले आफ्नै लगानीमा पुल निर्माणको कामलाई अगाडि बढाएको छ ।

कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीमा १२ करोड रुपैयाँको लागतमा ५३५ मिटर लम्बाइ र २२५ मिटर उचाइको पुल निर्माण गरी बन्जी जम्प निर्माण गर्न सुरु गरिएको हो । अहिलेसम्म कुश्मातर्फ फाउन्डेसनको काम सकेर बलेवा क्षेत्रमा काम गर्न थालिएको प्रालिका राजु कार्कीले जानकारी दिएका छन् ।

उक्त बन्जी जम्प गरिने पुल विश्वकै दोस्रो अग्लो पुल हुने कार्कीले बताए । कम्पनीले बन्जी खेल्न आउने पर्यटकका लागि भनेर रिसोर्ट समेत निर्माण सुरु गरेको छ ।

कुश्मा बलेवा क्षेत्रको पर्यटन विकासका लागि यसअगाडि सोही ठाउँमा यान्त्रिक पुल, कुश्मा–बलेवा जोड्ने झोलुङ्गेपुल, बलेवा विमानस्थल सञ्चालनका लागि पहल तथा बलेवाको भैरवस्थान मन्दिरको व्यवस्थापनका काम पनि भइरहेका छन् ।

प्रकाशित मितिः २०७३ भदौ १९

वि.सं.२०७३ भदौ १९ आइतवार १६:५० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...