काठमाण्डौं । माघ १ गतेबाट लागू हुन लागेको आस्वा (एप्लिकेसन सपोर्टेड बाइ बल्क्ड एमाउन्ट) प्रणाली अन्तर्गत सेयरको दरखास्त संकलन गर्न १७ वटा संस्थाले स्वीकृति पाएका छन् । नेपाल धितोपत्र बोर्डले हिजो बिहीबारसम्म १३ वटा बाणिज्य बैंक र चार वटा विकास बैंकलाई स्वीकृति दिएको हो।
आस्वा प्रणालीमा सेयर आबेदन दिँदा लगानीकर्ताले आबेदन दिए बराबरको रकम लगानीकर्ताकै खातामा ब्लक गरेर राखिन्छ। अब लामो लाइन बसेर आवेदन दिनु पर्दैन। बोर्डबाट स्वीकृति लिएका बैंकहरुमा खाता हुनेहरुले त्यहाँ गएर सेयरको आवेदन दिन पाउँछन्।
२२ पुस २०७३, १।००
वि.सं.२०७३ पुस २२ शुक्रवार १४:२९ मा प्रकाशित