back
NMB ad

बैंकहरु लगानी गर्नै नसक्ने अवस्थामा पुगे,कसरी ?

Kumari bank ad

काठमाडौ। बजारमा लगानी योग्य पूँजीको अभाव व्यवस्थापनमा नेपाल राष्ट्र बैंक पूर्णतः असफल भएको विज्ञहरुले आरोप लगाएका छन् । शुक्रबार राजधानीमा इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनामिक रिसर्च(आइएसएसआर)ले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले राष्ट्र बैंकको असफलताका कारण बजारमा लगानी योग्य पूँजीको अभाव देखिएको आरोप लगाएका हुन् ।

कार्यक्रममा प्रा.डा विश्वम्बर प्याकुरेल, प्रा.डा. गोविन्द नेपाल, नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डे लगायतले वित्तिय क्षेत्रको व्यवस्थापनमा राष्ट्र बैंक असफल भएको बताएका हुन् । प्रा.डा. प्याकुरेलले बाणिज्य बैंकहरुले तीन महिना अघि नै अधिक कर्जा लगानीबारे केन्द्रिय बैंकलाई जानकारी दिँदा पनि अनुगमन नगरेकोले अहिलेको अवस्था आएको बताए । उनले भने–‘यतिबेला राष्ट्र बैंकको क्षमतामा प्रश्न उठेको छ, तरलताको व्यवस्थापन गर्न नसक्न अर्थतन्त्र अस्तव्यस्त भएको छ ।’

उनले विगत २ बर्षमा ७० अर्ब ४२ करोड नेपाली रुपैयाँको विदेशी मुद्रा खरिद गरिएकाले पनि लगानी योग्य पूँजीको अभाव बढेको बताए । त्यस्तै पछिल्लो ४ महिनामा मात्रै १३ अर्ब ७५ करोड रुपैंयाँ विदेशी मुद्रामा लगानी भएको उनले दावी गरेका थिए ।

अर्का प्राध्यापक डाक्टर गोविन्द नेपालले पनि राष्ट्र बैंकको नियमन क्षमतामा प्रश्न उठेको बताए । उनले लगानी योग्य पूँजीको अभाव हुनुमा न्युन पूँजीगत खर्च पनि कारक रहेको बताए । प्रधानमन्त्री कार्यालयमा ६७ अर्ब पूँजीगत खर्चका लागि बजेट विनियोजन भएको तर त्यसको एक प्रतिशत पनि खर्च हुन नसकेको पनि उनको भनाई थियो ।

राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक रविन्द्र पाण्डेले बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिसकेको बताए ।‘अहिले सीडी रेसियो ८८ र सिसिडी रेसियो ८० प्रतिशत पुगिसकेको छ, बैंकहरु कर्जा लगानी गर्नै नसक्ने अवस्थामा पुगिरहेका छन, केन्द्रिय बैंक अझै कर्जा लगानीले सिमा नाघेको छैन भनेर बसिरहेको छ’, पाण्डेले भने ।

प्रकाशित मितिः २०७३ फागुन ७

वि.सं.२०७३ फागुन ७ शनिवार १२:२६ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...